ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको स्यानीखालमा अस्थायी प्रहरी पोष्ट स्थापना

  सरिता चलाउने २०७७ चैत्र २१ गते शनिबार १८:१८:२४ मा प्रकाशित

सरिता चलाउने चैत २१,सल्यान 
सल्यानको शारदा नगरपालिका वडा नम्बर १३ स्यानिखालमा  अस्थायी प्रहरी पोस्टको स्थापना गरिएको छ। बिगत ३ वर्ष देखिको स्थानिय जनप्रतिनिधी,शारदा नगरपालिका र स्थानिय प्रशासनको अथक प्रयास पछि उक्त प्रहरी पोस्टको स्थापना गरिएको हो ।

प्रहरी पोस्ट उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सुरेश अधिकारीले आफूँँले भोट माग्न आउँदा गरेको बाचा पूरा गर्न सफल भएकोमा खुशी लागेको भन्दै पोस्ट स्थापनामा सहयोग पुर्याउने स्थानिय प्रशासन देखि गृह मन्त्रालयसम्म सवैलाइ धन्यवाद व्यक्त गरे ।अधिकारीले प्रहरी जनताको साथी भएको भन्दै सुरक्षा व्यवस्था न्याय पुर्ण सन्चालन गर्न प्रहरी लाई र सुरक्षाकर्मीलाई सहयोग पुर्याउन स्थानिय बासिन्दालाई अनुरोध गरे ।उनले पोस्टमा कार्यरत सुरक्षाकर्मीहरुलाइ यातायातमा सहयोग पुर्याउने उद्देश्यले नगरको तर्फबाट एक थान मोटर साइकल उपलव्ध गराउने वाचा गरे ।

कार्यक्रममा शारदा नगरपालिकाकी उपप्रमुख साबित्रा बस्नेत,प्रमुख जिल्ला अधिकारी लक्ष्मी देबि होमागाई, ,जिल्ला प्रहरी प्रमुख गोबिन्द बहादुर थापा र शारदा नगरपालिकाका प्रवक्ता दिपक हमालले सम्बोधन गरेका थिए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top