होमपेज / समाज
सरिता चलाउने चैत २१,सल्यान
निःशुल्क सूचना प्रवाह गर्ने एकमात्र माध्यम रेडियो भएको सल्यानमा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । ग्रामीण र विद्युतीकरण नभएका स्थानमा अझै पनि रेडियोको लोकप्रियता नघटेको उनीहरुको भनाई छ ।
सल्यानको सामुदाियक रेडियो तहल्का एफ.एम.को सातौं वार्षिकोत्सवको अवसरमा आयोजित पत्रकारिताका अवसर र चुनौती विषयक संवाद कार्यक्रममा बोल्दै वक्ताहरुले रेडियोले अझै पनि आफ्नो विस्सनियता कायमै राखेका कारण पनि रेडियोको लोकप्रियता नघटेको बताए ।
सामुदायिक रेडियो प्रसारक संघ कर्णाली प्रदेशका निवर्तमान अध्यक्ष रमेश कुमार गौतमले विकट र ग्रामीण क्षेत्रमा रेडियोको महत्व अझै रहेको बताए । सडक, कुल कुलेसा निमार्ण मात्र विकास नभएर मानवको चेतनाको अभिवृद्धि पनि विकास भएकाले स्थानीय तहरुले सञ्चार क्षेत्रमा लगानी बढाउनु बताए ।
यस्तै जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत धिरेन्द्र भण्डारीले सल्यान जस्तो जिल्लामा पत्रकारिताको जन्नी रेडियो नै भएको बताए । पत्रकारिता भित्र चुनौती सँगै समाजलाई समृद्ध बनाउने सुनौलो अवसर पनि जोडिएर आउने उनको भनाई छ ।
छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष सिता केसीले पत्रकारिता पेशा नै चुनौती पूर्ण पेशा भएकाले सत्य तत्थ्य घटनालाई उजागर गर्न कटिबन्द हुनु पर्ने बताइन ।
जिल्ला समन्वय समितिका प्रमुख केश बहादुर विष्टले सूचनाको हक कार्यन्वयन गराउन महत्वपूर्ण भूमिका पत्रकाहरुले खेल्ने गर्दछन् । सरकारलाई जनताप्रति उत्तरदायि र जवाफदेही बनाउने भनेकै पत्रकारिता भएको बताए । राष्ट र समाजलाई हितमा राखेर कलम चलाउन सके देश समृद्धितिर अघि बढ्छ ।
सामुदायिक रेडियो तहल्का एफ.एम २०७१ सातल चैत २१ गते स्थापना भएको थियो ।





.jpg)