ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रिय जनगणना,२०७८ को सन्दर्भ पारेर सल्यानमा जिल्लास्तरीय सचेतना गोष्ठी

  सरिता चलाउने २०७७ चैत्र १९ गते बिहीबार १७:५८:५६ मा प्रकाशित

सरिता चलाउने चैत १९,सल्यान 
राष्ट्रिय जनगणना, २०७८ को सन्दर्भ पारेर सल्यानमा जिल्लास्तरीय सचेतना गोष्ठी गरिएको छ । आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशव्यापी सञ्चालन हुने जनगणनाको बारेमा जानकारी दिँदै आसन्न राष्ट्रिय जनगणनालाई सफल बनाउन जिल्लामा जनगणना कार्यालयले बिहिबार सचेतना गोष्ठी गरेको हो ।

आसन्न राष्ट्रिय जनगणनालाई फलदायी बनाउन सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सङ्घ संस्थाका प्रमुख, पत्रकार लगायतलाई सहभागी गराएर सचेतनामूलक गोष्ठी सञ्चालन गरिएको जिल्ला जनगणना कार्यालय सल्यानका जनगणना अधिकारी केशर बहादुर वलीले जानकारी  दिए ।

 “जनगणना के हो, यो किन गरिन्छ भन्नेदेखि जनगणनाबाट प्राप्त हुने तथ्याङ्कको प्रयोग, जनगणनाको इतिहास, आगामी जनगणनाको विशेषतासम्मका बारेमा जानकारी दिन सचेतना गोष्ठी गरिएको हो”, उनले भने, “सहभागीलाई गनगणनाका प्रश्नावली, घर परिवार लगत सूचीकरण, जनगणना २०७८ का मुख्य दिनहरु, जनगणनामा समेटिने विवरणका बारेमा पनि जानकारी गराइएको छ ।”

यस्तै आगामी वैशाख १ गतेदेखि ४ गतेसम्ममा जिल्लाको शारदा नगरपालिका, बागचौर नगरपालिका, बनगाड कुपिण्डे नगरपालिका र कपुरकोट गाउँपालिकामा जनगणना कार्यलय स्थापना गरिने भएको छ । उनका अनुसार शारदा नगरपालिकामा स्थापना भएको कार्यालयले कालिमाटी गाउँपालिका हेर्ने, बागचौर नगरपालिकामा स्थापना भएको कार्यालय दार्मा गाउँपालिका र सिद्धकुमाख गाउँपालिका हेर्नेछ । यस्तै वनगाड कुपिण्डे नगरपालिकामा स्थापना गरिएको कार्यालयले कुमाख गाउँपालिका हेर्ने र कपुरकोट गाउँपालिकाले छत्रेश्वरी र त्रिवेणी हेर्ने गरी कार्यालय स्थापना गरिने उनले बताए ।

 राष्ट्रिय जनगणनाका लागि जिल्लामा सुपरिवेक्षक ८६ र गणक  ३०१ गरी ३८७ जनशक्ति परिचालन गरिने वलीले बताए । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख केश बहादुर विष्टले राष्ट्यि जनगणनामा शक्रियताका साथ भाग लिन जिल्लाबासीलाई आग्रह गरे । गणकबाट सहि तथ्यांक आउनेमा आँफू विश्वस्त रहेको बताउँदै उनले गणकले ल्याउने तथ्यांकले जिल्लाको बहुयायमिक योजनामा समेत प्रभाव पार्ने बताए। यस्तै कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवि होमागाईले जनगणना जस्तो महत्वपुर्ण कार्यमा सरोकारवाला निकाय, स्थानिय तहका जनप्रतिनिधि लगायत सबैले सहयोग गर्नहुन अनुरोध गरे ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top