ट्रेण्डिङ

होमपेज / समाज

माटोको ढिस्कोले पुरिएर घाइते बोहरालाई युवाहरुको आर्थिक सहयोग

  सरिता चलाउने २०७७ चैत्र १८ गते बुधबार १९:३२:१७ मा प्रकाशित

सरिता चलाउने तैत १८,सल्यान 
गएको शनिबार माटोको ढिस्कोले पुरिएर घाइते भएकी सल्यान सिद्धकुमाख गाउँपालिका २ की सौरी बोहरालाई स्थानीय युवाहरुले आर्थिक सहयोग गरेका छन । माटो खन्ने क्रममा गम्भिर घाइते भएकी ३५ बर्षिय बोहराको उपचारमा आर्थिक समस्या  भएपछि सोही ठाउँका युवाहरुले आर्थिक रकम संकल गरी सहयोग गरिएक हुन । 

बोहराको शरिर पछाडिको भागको दुबै हडी भाचिएकाले तत्काल अप्रेसन गर्ने पर्ने र  उपचारको लागि पैसाको अभाव भएपछि सहयोग रकम संकल गरिएको युवा मेघराज बुढाथोकी जानकारी दिए। उनका अनुसार अहिले सम्म बिभिन्न स्थान बाट ६१ हजार ९ सय ३० रुपैया रकम संकल गरि सहयोग गरिएको छ । 
बोहराको उपचारमा  सहयोगको लागि गाउँघर तथा बिभिन्न निकायबाट आर्थिक रकम सहयोग संकलन गरेको उनले बताए । 

गएको शनिवार ५ जना महिला माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको थियो भने एक जना गम्भिर घाईते भएका थिए । अन्य तिन जना सामान्य घाईते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top