ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका ५८ प्रतिशत उपभोक्तामात्र स्वच्छ खानेपानीको पहुँचमा

  सरिता चलाउने २०७७ चैत्र १७ गते मंगलबार १७:१५:३६ मा प्रकाशित

सरिता चलाउने  चैत १७,सल्यान 
सल्यानका ५८ प्रतिशत नागरिक मात्र स्वच्छ खानेपानीको पहुँच भित्र रहेका छन् । पहाडी इलाका र सुख्खा डाँडापाखा भएका कारण पानीको मुहान सुक्दै जानु र डाँडापाखाका बस्तिमा खानेपानी पु¥याउन कठिन भएकै कारण ५८ प्रतिशत नागरिक स्वच्छ खानेपानीको पहुँच भित्र रहेका छन् । 

बाँकी ४२ प्रतिशत नागरिक खानेपानीको आशिंक पहुँचमा रहेका छन । ४८ प्रतिशत भित्र पनि १५ हजार नागरिक पूर्ण रुपमा खानेपानीबाट बञ्चित भएको खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय सल्यानले जनाएको छ । 

छरिएर रहेका बस्तीमा खानेपानिको स्रोत नभएकाले बिकल्पको रुपमा अहिले धमाधम लिफ्ट प्रविधि मार्फत खानेपानी पु¥याउन पहल भई रहेको कार्यालय प्रमुख पदमराज देवकोटाको भनाई छ  । २०६८ सालको जनगणना अनुसार सल्यानमा करिब २ लाख ४४ हजार जनसंख्या मध्ये ५८ प्रतिशत नागरिकले मात्र स्वच्छ खानेपानी प्राप्त गरेका छन । खानेपानी व्यवस्थापन गर्न बजेट कम भएकाले कतिपय आयोजना समयमै सम्पन्न हुन नसक्दा  पनि नागरिकको पहुँचमा खानेपानी पु¥याउन कठिन भएको उनले बताए । 
यसबर्ष जिल्लामा ४२ वटा खानेपानीका योजना मध्य ७ वटा योजना सम्पन्न भई सकेका छन्  । बाँकी ३५ वटा योजना निर्माणाधिन अवस्थामा रहेको र  २६ वटा योजना लिफ्ट प्रविधिबाट संचालन गरिरहेको बताए । 

सल्यान जिल्ला बिशेष गरी सुख्खा ग्रस्त क्षेत्र भएको र  पानीका मुहानहरु पनि पर्याप्त मात्रामा नभएका कारण जिल्लाका  नागरिकले कष्टकर जिवन बिताउन बाध्य रहेको जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर बिष्टले बताए । स्वच्छ पिउने पानी नागरिकको स्वास्थ्य सँग जोडिएको भए पनि स्थानिय तहले भने खानेपानीका योजनाहरुमा खासै ध्यान नदिएको उनको भनाई छ  । स्थानिय तह र प्रदेश तथा संघिय सरकार सँग तालमेल नमिल्दा पनि खानेपानीका योजनाहरुमा काम हुन नसकेको प्रमुख बिष्टले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top