ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा माटो खन्ने क्रममा एक जनाको मृत्यु, एक गम्भिर घाइते

  सरिता चलाउने २०७७ चैत्र १४ गते शनिबार २०:१३:०६ मा प्रकाशित

सरिता चलाउने ,चैत्र १४, सल्यान
सल्यानमा माटो खन्ने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन । 
माटो खन्ने क्रममा माथिबाट आएको ढिस्कोले लागेर जिल्लाको सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ साल्घारी बस्ने ४५ वर्षीया एलि  चलाउनेको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

  डिस्कोले पुरिएर गम्भिर घाइते चलाउनेको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीले जानकारी दिए । 
शनिवार दिउसो ५ जना महिला घर देखि १० मिनेट टाढा घर  लिप्ने माटो खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले लागेर सोही ठाउँ बस्ने ३२ वर्षीया पौरी बोहरा र एलि चलाउने गम्भिर घाईते भएका थिए । 

गम्भिर घाईते बोहराको भने श्रीनगरमा रहेको सारदा मेट्रोमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको उनको भनाई छ  । उनका अनुसार अन्य तिन जना महिला भने सकुसल रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top