ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा गर्मीयाम सुरु भएसँगै आगलागीका घटना बढ्दै

तीन वर्षको बिचमा आगलागीबाट ६ जनाको मृत्यु

  सरिता चलाउने २०७७ चैत्र १४ गते शनिबार १७:०५:५० मा प्रकाशित

चैत १४,सल्यान 
सल्यानमा गर्मियाम सुरु भए सँगै आगलागीका घटना बढ्दै गएका छन । सल्लैसल्लाको वन भएका कारण सल्यानमा वर्सेनि आगलागीबाट पर्यावरणीय विनाश हुनको साथै  करोडौको भौतिक तथा मानवीय क्षति हुने गरेको छ । 

चालु आर्थिक वर्षको हालसम्म सल्यानमा २० वटा भन्दा बढी सामुदायिक वनमा आगलागी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार एक सय ७५ हेक्टर भन्दा बढि वन क्षेत्र सखाप भएको छ । जसबाट ५ सय १५ रुख, ९ सय २५ पोल, ३ हजार भन्दा बढि साना तथा ठुला बिरुवाहरु नोक्सान भएको डिभिजन वन प्रमुख रमेश गिरीले बताए । 

बितेको तीन वर्षको अवधिमा सल्यानमा आगलागीबाट ६ जनाको ज्यान गएको छ भने २६ लाख २३ हजार बराबरको क्षति भएको छ । यस बर्ष मात्र सल्यानमा आगलागीबाट एक जनाको ज्यान गई सकेको छ भने २ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबि होमागाईले बताइन  । 
यस्तै वनबाट सल्केको आगो  र घरमै लागेको आगोबाट २० घर जलेर नष्ट भएका छन, ३१ पशुचौपाय मरेका छन् ।  जसबाट ६० लाख १० हजार ८ सयभन्दा बढिको क्षति भएको छ । गर्मियाम बढ्दै जानु जंगल बिचमा मानव वस्ती भएका कारण पनि आगलागीको जोखिम बढ्दै गएको उनको भनाई छ ।  

सल्यानमा १ लाख ९५ हजार एक सय ७८ हेक्टर वन क्षेत्रले ओगटेको छ । जसमध्ये अधिकांस जङ्गल सल्ला प्रजातिको बाहुल्ता रहेको छ । आगलागीका हिसाबले उच्च जोखिममा रहेको यस जिल्लामा वनमा लागको डढेलोबाट बस्तीमा समेत क्षति पुग्ने गरेको छ ।

आगलागिबाट वन्यजन्तु तथा वन्यजन्तुको वास स्थान समेत सखाप भएको छ । करिव दुइवर्ष अघि आगलागीको उच्च जोखिममा सल्यान नेपालकै दोस्रो जिल्लामा परको थियो । आगलागि नियन्त्रणको लागि वन कार्यालय लगायत सरोकारवाला निकायले बर्षेणी उपभोक्ताहरुलाई तालिम, अभ्यास देखि सचेतानाका कार्यक्रमहरु चलाउदै आइरहेको भएपनि वन उपभोक्ता समिति बाटै वनमा आगो लगाउने कार्य भईरहेको उनको भनाई छ  । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top