ट्रेण्डिङ

होमपेज / समाज

सार्वजनिक ठाउँहरुमा भिडभाड नगर्न जिल्ला प्रशासन कार्यालय सल्यानको आग्रह

  सरिता चलाउने २०७७ चैत्र ११ गते बुधबार १८:३८:४० मा प्रकाशित

सरिता चलाउने चैत ११,सल्यान 
सल्यानमा सार्वजनिक ठाउँहरुमा भिडभाड नगर्न जिल्ला प्रशासन कार्यालय सल्यानले आग्रह गरेको छ ।

पछिल्लो समय कोरोना भाइरस संक्रमण बढदै गएका कारण जिल्लामा पनि सार्वजनिक स्थानहरुमा भिडभाड नगर्न प्रशासनले आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यलय सल्यानमा बुधबार बसेको डिडिएमसीको बैठकले आउँदै गरेको होली पर्व लगायतका चाडपर्वमा भिडभाड नगर्न आग्रह गरेको छ । 
यस्तै बैठकले घर बाहिर निस्किदा वा यात्रा गर्दा अनिवार्य मास्कको प्रयोग गर्ने, सेनिटाईजर लगाउने तथा सामाजिक दुरी कायम गर्ने, यदि मास्क नलगाएर हिडेको पाइएमा सक्रामक रोग एन २०२० बमोजिम कारवाही गर्ने निर्णय गरेको छ ।

छिमेकी देश भारतमा कोरोना संक्रमण बढदै गएका कारण सल्यानमा पनि  जिल्ला भित्रिने मुख्य नाका कपुरकोट, कालीमाटी गाउँपालिका र बन्गाड कुपिण्डे नगरपालिकाको बालुवा संग्रहरी नाकामा कडाई गरिने प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवि होमागाईले बताइन । उनका अनुसार उक्त नाकाहरु बाट भित्रने व्यक्तिहरुको स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाईने छ । 

जिल्लामा काभिड १९ संक्रमण फैलन सक्ने संम्भावनालाई मध्यनजर गरी यस अघि संचालनमा आएका क्वारेन्टाईन तथा आईशोलेसन सेन्टरहरुको संचालनको व्यवस्थापन गर्ने तर्फ सजक रहन सबै स्थानिय तहलाई अनुरोध समेत गरिएको छ । 
यस्तै स्वास्थ्य सेवा कार्यलयसँग कोभिड १९ को आरडिटिको मात्रा कम भएकाले स्वास्थ्य निर्देशनालय सुर्खेतमा माग गर्ने निर्णय भएको प्रजिअ होमागाइले बताइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top