ट्रेण्डिङ

होमपेज / समाज

सामी परियोजना सुरक्षित बैदेशिक रोजगारीको लागी आवश्यक बन्दै

  सरिता चलाउने २०७७ चैत्र ३ गते मंगलबार १८:४७:०० मा प्रकाशित

सरिता चलाउने चैत ३,सल्यान 
बैदेशिक रोजगारीलाई सुरक्षित तथा मर्यादित बनाउनका लागी बैदेशिक रोजगारी सम्वन्धी चेतना मुलक कार्यक्रम जिल्लाको ग्रामिण भेगहरुमा समेत प्रभावकारी बन्दै गएको सरोकारवालाहरुले बताएका छन ।

 बैदेशिक राजगारीलाई अझ प्रभावकारी बनाउनका लागी गाँउ गाँउका युवाहरुलाई यस बारेमा सेचनामुलक कार्यक्रम बिस्तार गुर्नपर्नेमा जोड दिदै बैदेशिक रोजगारीमा ठगीमा परेका युवाहरुले आप्रवासन केन्द्रमा  उजुरी दिएमा त्यस उपर छानविन गरिने सामी परियोजनाले जनाएको छ । 
मंगलबार सल्यान खलंगामा आयोजित जिल्ला स्तरमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा सुरक्षित आप्रवास परियोजना सामी अन्तर्गतका कार्यक्रमलाई सफल बनाउन आवश्यक सहयोग सबैमा आग्रह गरेको छ । 

परियोजनाले सल्यानबाट वैदेशिक रोजगारमा जाने युवाहरुलाई सुचना तथा परामर्श गर्ने, ठगीमा परेका वा समस्यामा परेकाहरुलाई न्यायमा पैरवी गर्ने, वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सलाई सहि सदुपयोग गर्न वित्तीय साक्षरता कक्षा सञ्चालन तथा वैदेशिक रोजगारको कारण उत्पन्न भएको मनोसामाजिक समस्या तथा मानसिक समस्यामा परेकाहरुलाई परामर्श सेवा प्रदान गर्दै आएको सामी परियोजना सल्यानका कार्यक्रम संयोजक विमल गौतमले बताए । आप्रवासन स्रोत केन्द्रमा हालसम्म नेपालमै ठगिएको ९ वटा मुद्या र गन्तव्य मुलकबाट २५ जटा मुद्या आएको र मुद्या उपर छानविन भइरहेको बताए ।  सुरक्षित वैदेशिक रोजगारीमा जानु अघि मान्यता प्राप्त म्यानपावर कम्पनीबाट जान, सीप सिकेर मात्र रोजगारीमा जान र विदेशबाट आएको रकमलाई सहि सदुपयोगन गर्न मद्दत गर्दै आइरहेको गौतमको भनाई छ ।  

नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना देशका ३९ जिल्लामा सञ्चालित छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top