होमपेज / समाज
इन्द्र बुढाथोकी फागुन २८,सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिक १ सल्लीबजारमा पहिचान नखुलेकी बच्चा सहित महिला फेला परेकी छन ।
बुधबार साँझ देखि सल्लीबजार क्षेत्रमा सानो बच्चा सहित महिला वेवारिसे अवस्थामा फेला परेकी हुन । उक्त महिला सङ्ग डेढ वर्ष जतिको बच्चा पनि साथमा रहेको छ । छोरी सङ्ग मात्र बोल्ने गरेकी उक्त महिलाले अरुसँग कुरा नगर्ने गरेको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।
श्रीमान इन्डिया गएको बताउने तर आफ्नो नाम र ठेगाना भने नबताएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । निजलाई चिन्ने तथा उनको परिवारको बारेमा जानकारी भएका व्यक्तिले उनको परिवार वा जिल्ला प्रहरी कार्यालय सल्यानको सम्पर्क गर्न प्रहरीले सबैलाई आग्रह गरेको छ ।





.jpg)