ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा जिल्ला स्तरीय मानव अधिकार सञ्जाल गठन

  सरिता चलाउने २०७७ फाल्गुण २६ गते बुधबार १८:४३:३० मा प्रकाशित

सरिता चलाउने फागुन २६,सल्यान 
सल्यानमा जिल्ला स्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको छ । बुधबार सल्यानको खलंगामा ईन्सेक, कर्णाली प्रदेश कार्यलय सुर्खेतको आयोजनामा भएको मानव अधिकारहरुको सवलीकरण तथा जिल्ला स्तरीय संञ्जाल निर्माण कार्यक्रममा बुद्धि हमालको अध्यक्षतामा १३ सदस्यीय मानव अधिकार सञ्जाल गठन गरिएको हो । जसको सहसंजोकमा सिता गिरी र प्रकाश नेपाली चयन भएका छन् भने सदस्य सचिबमा रामचन्द्र रेग्मी चयन भएका छन् । 

अन्य सदस्यहरुमा अधिबक्त बिष्णु शर्मा, गैर सरकारी महासंघबाट गुमान नेपाली, पत्रकार महासंघबाट सरिता चलाउने, बुद्धि पुन,  महिला मानव अधिकार रक्षक संजालबट सोबिता बस्नेत, अधिकारकर्मी सुकदेव कसेरा, मुना हमाल, शिक्षकबाट शान्तिप्रभा पुरी, बिद्यार्थीबाट राधिका कवर रहेका छन् । 

मानव अधिकारका सवालहरुलाई उठान गर्ने र पैरवी गर्ने उदेश्यले संजाल गठन गरिएको ईन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुबेदीले बताए । पछिल्लो समयमा मानवअधिकारकर्मीहरु  असुरक्षित बन्दै गएकोले यस्ता घटनालाई वकालत गर्नको लागि सञ्जालले सहयोग गर्ने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top