ट्रेण्डिङ

होमपेज / समाज

महिलाको प्रतिनिधित्व हुने अधिकारको व्यवस्था भए पनि कार्यन्वयन हुन नसकेको महिला अधिकारकर्मीको भनाई

  सरिता चलाउने २०७७ फाल्गुण २४ गते सोमबार १९:१५:५२ मा प्रकाशित

सरिता चलाउने फागुन २४,सल्यान 
संबिधानमा महिलाहरुलाई प्रतिनिधित्व गर्ने गरी अधिकारको व्यवस्था भए पनि कार्यन्वयन हुन नसकेको  सल्यान खलंगामा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । १ सय ११ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सदुरमुकाम खलंगामा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले संबिधानले हरेक स्थानीय तहमा अनिवार्य रुपमा महिला प्रतिनिधित्व हुने व्यवस्था गरिदिए पनि अधिकारबाट बञ्चित जस्तै देखिएको बताएका छन् । 

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मी हुमागाई खतिवडाले महिलाहरुलाई हरेक क्षेत्रमा समावेस गर्नको लागि थुप्रै कानुनी व्यवस्था भए पनि व्यवहारमा लागु हुन नसकेको बताइन । महिलालाई पुरुष सरहको समानतामा  ल्याउनको लागि न्यायपुर्ण व्यवस्थाहरु भईसकेको भए पनि कार्यन्वयनमा कमि कमजोरी देखिएको उनको भनाई छ 
स्थानिय तहको वडा अध्यक्ष देखि संघिय सरकारसम्म महिलाको प्रतिनिधित्व भए पनि निति नियम र कार्यन्वयनमा कमि देखिएको हुमागाईको भनाई छ । 

उनले भनिन महिलाले पनि केही गर्न सक्नु पर्छ, अवसर पाउनु पर्छ भनेर राज्यले कानुन बनाएको छ, हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व भएको छ, प्रशासनिक क्षेत्रमा होस वा कुनै बैंकको प्रमुख होस, अव यसमा महिला पनि आफ्नो जिम्मेवारमा केन्द्रित हुन जरुरी छ । 
राज्यका हरेक ठाउँमा महिलाको उपस्थिति भएपनि पुरुषले गर्ने जति काम महिलाले गर्न सक्दैन भन्ने सोच अझै पनि समाजमा रहेको उनको भनाई छ । सामाजिक सोच र कुसस्कारका कारण ग्रामीण क्षेत्रमा अझै पनि महिलाहरुले हिंसा भोग्नु परेको उनले बताइन । 

स्थानिय तहमा महिला उपप्रमुखहरुको भुमिका मात्र नभएर   न्यायिक अधिकारको जिम्मा पनि पाएकाले न्यायपुर्ण तरिकाले काम गर्नुपर्ने हुमागाईको भनाई छ। महिलाहरु  जतिसक्दो एकताबद्ध भएर समाजमा भएको कुसस्कार र कुरिती हटाउन तर्फ लागेमा परिवर्तन हुँदै जाने प्रजिअ खतिवडाले बताइन । 

यस्तै कार्यक्रममा शारदा नगरपालिकाका उपप्रमुख साबित्रा बस्नेतले घर देखि कार्यालयसम्म महिला हिंसामा पर्ने गरेको बताइन । महिला पुरुष बराबरी भनेर नेतृत्व र  काम गर्ने क्रममा विभेद भएको बताइन । उनले भने कानुनले थुप्रै अधिकार छ तर मैले आफ्नै  अधिकार खोसिएको महसु गरेको छु, संबिधानले नेतृत्वमा ल्याएको छ तर भने जस्तो का गर्नु पाएको छैन ,। 
महिलाले पाएको अधिकारलाई कसैले पनि खोस्न नहुने बताँउदै उनले निति र बिधि अनुसार काम गर्नु पाउनु पर्ने उपप्रमुख बस्नेतको भनाई छ । 
महिलाको सुरक्षा, सम्मान , रोजगार समृद्धर भन्नेरा सहित सल्यानको खलंगामा ¥याली समेत निकालिएको थियो । खलंगा टुडिखेलबाट शुरु भएको ¥यालीमा बसपार्क परिक्रमा सहित जिल्ला समन्वय समितिको हलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

उपप्रमुख साबित्रा बस्नेतेको अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगरपालिका वडा नम्बर १२ का महिला सदस्य गोमा पोख्रेल, सामाजिक बिकास कार्यालय सल्यानका कार्यालय प्रमुख भिम प्रकाश पोख्रेल, राप्रपाका केन्द्रिय सदस्य इन्दिरा भण्डारी, अधिवक्ता बिष्णु शर्मा, नेपाल महिला संघकी पदमा शाह, महिलापत्रकार तथा मानव अधिकारकर्मी मिना बुढाथोकी लगायते मन्तव्य राखेका थिए।  

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्षमण वलीले कार्यपत्र प्रस्तुत गरेका थिए । शारदा नगरपालिका र जिल्ला प्रहरी कार्यालय सल्यानको आयोजना तथा हरप्लेस सल्यान, इन्सेक सल्यान, दलित विकास समाज सल्यान, ग्रामीण महिला उत्थान केन्द्र सल्यान, समृद्धिका लागी सहकार्य नेपालको सहआयोजनामा कार्यक्रम संचालन गरिएको हो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top