होमपेज / समाज
सरिता चलाउने फागुन २२,सल्यान
जिल्ला कारागार सल्यानका एक कैदीको मृत्यु भएको छ ।
जबरजस्ती करणी मुद्धामा कैद सजाय भुक्तान गरिरहेका जिल्लाको कपुरकोट गाउँपालिका ५ का ८४ वर्षीय जिब लाल बोहराको मृत्यु भएको जिल्ला कारागार सल्यानले जनाएको छ ।
जबरजस्ती करणी मुद्धामा फरार भएका बोहरा गएकोे माघ ८ गते मात्र पक्राउ परेका थिए । यहि फागुन १६ गतेबाट उनको स्वास्थ्यमा समस्या आएपछि जिल्ला अस्पताल सल्यानमा उपचार भईरहेको थियो ।
बोहराको उपचारका क्रममा मृत्यु भएको जेलर बल बहादुर केसीले जानकारी दिए ।





.jpg)