होमपेज / समाज
सरिता चलाउने फागुन १९,सल्यान
सल्यानमा भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन । जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर २ निवासी ४५ वर्षीय कुल बहादुर सारु र सोही ठाउँका २५ वर्षीय कमल घर्तीलाई २ थान अवैध भरुवा बन्दुक सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सारु घर नजिकै खोल्सामा स्याउलाले छोपी राखेको र घर्तीले आफ्नै खेतबारीमा लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कर्यालय कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोबिन्द थापाले जानकारी दिए ।
उनिहरुलाई ईलाका प्रहरी कार्यालय लहामको हिरासतमा राखेर अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।