होमपेज / समाज
इन्द्र बुढाथोकी सल्यान १३ फागुन ।
सल्यान प्रहरीले सल्लीबजारमा जडिबुटी बोकेका ट्रक नियन्त्रणमा लिएको छ ।
जाजरकोटबाट जडिबुटी वोकेर जाँदै गरेका ना ४ ख ६४१३ र ना ८ ख ५४३ नम्बरका दुई ट्रक नियन्त्रणमा लिइ अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिए । पासवेत, कालिकाठको दाना, वोजोको जरा, पदमचाल, टिमुर, तेजपता लगायतका बहुमुल्य जडिबुटी फेला परेको उनको भनाई छ ।
दुई ट्रक सहित ठेकेदार राम प्रसाद चौलागाईंलाई नियन्त्रणमा लिएको छ । पुर्जीमा एउटा परिणाम देखाएर अरु परिमाणका जडिबुटी रहेको आशंकामा ट्रक नियन्त्रणमा लिएको छ । पुन नापतौल र पुर्जीमा भएको जडिबुटी र नभएका जडिबुटीहरुको एकिन भैरहेको छ ।
ईलाका प्रहरी कार्यालय देवस्थलको सहयोगमा सव डिभिजन वन कार्यालय सल्लीबजारले उक्त कार्य गरिरहेको छ भने सोही विषयलाई लिए केही दिन अघि मात्रै ईलाका प्रहरी कार्यालय सरुवा भई आएका ईलाका इन्चार्ज देउवहादुर चन्दलाई समेत अनुसन्धानका लागि जिल्ला तानिएको छ भने उनको ठाउमा कमल आचार्यलाई खटाइएको छ ।





.jpg)