ट्रेण्डिङ

होमपेज / समाज

सल्लीबजारमा लिफ्ट खानेपानी योजना शिलान्यास

  इन्द्र बुढाथोकी २०७७ फाल्गुण ११ गते मंगलबार १७:५९:४६ मा प्रकाशित

इन्द्र बुढाथोकी सल्यान ११ फाल्गन ।
सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिकाको मुख्य व्यापारी केन्द्र सल्लिवजारमा लिफ्ट खानेपानी आयोजनाको शिलान्यास गरिएको छ ।

विगत लामो समय देखि तत्कालिन एमाले पार्टीको विवाद हुँदै आएको लिफ्ट खानेपानी हाल आएर काम अघि वढ्ने भएको छ । २०७५ सालमा आएको आयोजना समिित बनाउँदा तत्कालीन एमाले दुई समूह बिच बिवाद हुदा उक्त योजनाले पुर्णता पाएको थिएन । 
२०७५ सालमा हुने भनेको योजना  २०७७ मा  शिलान्यास गर्नु भएको छ ।  प्रत्येक वर्ष गर्मी समयमा खानेपानीको चरम संकट व्यहोर्नुपर्ने यहाँका स्थानीय भने योजना सम्पन्न भएमा खानेपानीको समस्याबाट निकास पाउने आसा राखिएको छ । खानेपानी नहुँदा सल्लीबजार बासिले भेरी नदिको पानी देखि आफ्नै व्यक्तिगत लगानिमा कुवा बनाएर पानी खान बाध्य भएका थिए । 

कार्यक्रमका बोल्दै प्रदेश सभा सदस्य गुलावजङ शाहले २ वर्ष पहिले विनियोजन भएको वजेट राजनीनिक विवाद समाधान पछि अघि बढेको बताए ।आएको विकासलाई सबैले अपन्वत्त गर्न हुनले आग्रह गरे । 
राजनीतिक रुपमा खुट्टा तान्ने प्रवृतिले बनगाड पछि परेको उनको भनाई छ । वजारमा वसेर अरुका हजार कुरा गर्नेहरु भन्दा आफ्नो काम र उद्देश्य प्रती मात्रै ध्यान दिन आवश्यक रहेको उनको भनाई छ  । 

 बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार पुनले विकासमा साझेदारी आवश्यक रहेको जनाउँदै लिफ्ट खानेपानी आयोजनामा वजारवासीको अधिकतम सहयोग  रहेको बताए । जिल्ला समन्वय समिति सदस्य आसा वली, १ नं वडा अध्यक्ष शान्त कुमार यरी, खानेपानी सिचाइ उर्जा विकास कार्यलय सल्यानका प्रमुख पदम प्रसाद देवकोटाले समेत मन्तव्य राखेका थिए  । 

लिफ्ट खानेपानी जनश्रमदान सहित ५ करोड ७६ लाख र ५ सय घरधुरीका लागि २ लाख लिटर क्षमता भएको ट्यांकी निर्माण हुने जनाएको छ । सल्लिवजार, वस्नेरा जिउला, आँपखोली, खाम्नेचौर वस्तिहरुमा खानेपानी पुर्‍याउने लक्ष्य लिएको छ ।

लिफ्ट खानेपानी समितिका अध्यक्ष दिपवहादुर खड्काले खानेपानी आयोजना सफल बनाउन सबैलाई आह्वान गरेका छन् ।  ।  समितिले भुमि निर्माण सेवा रोल्पालाइ कामको जिम्मेवारी समेत दिइसकेको छ । खानेपानी आयोजना सम्पन्न भए पछि सल्लिवजारवासीको खानेपानी समस्या सल्टिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top