होमपेज / समाज
इन्द्र बुढाथोकी फागुन ७,सल्यान
सुर्खेतको सिम्ता गाउँपालिका वडा नं ३ का वडा सदस्य लोक बहादुर शाहीले आफ्ना आमाबुवाको सम्मानमा अक्षयकोषको घोषणा गरेका छन् । वडामा रहेको चन्द्रसेवा आधारभुत विद्यालय काक्रेतडामा आमा बुवाको सम्मानमा २१ हजारको अक्षय कोष स्थापना गरेका छन् ।
विद्यालयमा अध्ययनरत गरिब,जेहन्दार,असाहय र विपन्न बालबालिकालाई प्रोत्साहन स्वरुप सम्मान गरिने उनको भनाई छ । प्रत्येक वर्ष अक्षयकोषबाट आएको व्याजबाट कापिकलम तथा शैक्षिक सामाग्री वितरण गरिने शाहीले बताए । ।वडा सदस्य शाहीले यसअघि पनि मावि लापुमा स्वर्गीय दाजु यामु शाहीको सम्झनामा ५० हजारको,दोस्रो वर्ष आमा बुवाको सम्मानमा आधारभुत झ्याममा २५ हजारको अक्षयकोष स्थापना गरि सकेका छन् ।
उनले साइकल यात्री तथा योग गुरु बालकृष्ण शाहलाई ३० हजार र सिम्ता बहुमुखी क्याम्पसलाई ११ हजार सहयोग लगाएत वडा सदस्य को नाममा आउने सेवा सुविधा सामाजिक कार्यमा लगाइरहेका छन् र आगमि दिनमा पनि यो अभियान जारी रहने घोषना समेत गरेका छन् ।





.jpg)