ट्रेण्डिङ

होमपेज / समाज

बनगाड कुपिण्डेमा जनप्रतिनिधि सहित १३६ जनाले लगाए कोरोना विरुद्धकोे खोप

  इन्द्र बुढाथोकी २०७७ फाल्गुण ७ गते शुक्रबार १९:३३:०३ मा प्रकाशित

इन्द्र बुढाथोकी फागुन ७ सल्यान 
दोश्रो चरणको खोप अभियान अन्तर्गत जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा १३६ जना जनप्रतिनिधि स्वास्थ्यकर्मी, नगरपालिका कर्मचारी, नेपाली प्रहरी, बैंक, वित्तिय सस्था र पत्रकारले कोरोना विरुद्धको खोप लगाएका छन् । 

देवस्थल स्वास्थ्य चौकीमा शुक्रवार बनगाड कुपिण्डे नगरपालिकाका जनप्रतिनिधि कर्मचारी लगाएत १३६ जना व्यक्तिले कोरोना खोप लगाएका छन । जसमा जनप्रतिनिधि ५२ जना, निजामती कर्मचारी १७, स्वास्थ्यकर्मी १७, नेपाल प्रहरी १४, बैक तथा वितिय कर्मचारी १३ अन्य कर्मचारी १६ र पत्रकार २ जना गरि ५४ महिला ८२ पुरुषले गरि जम्मा १ सय ३६ जना रहेका छन।  यस नगरपालिकामा पहिलो चरणमा ७० जना महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यकर्मी, चालक, सफाई गर्ने व्यक्तिलाई खोप लगाइएका थिए ।

 खोप लगाएका व्यक्तिमा साइड इफेक्ट देखिन सक्ने भएकाले नआत्तिन पनि नगरपालिकाले  सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top