ट्रेण्डिङ

होमपेज / समाज

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यान कर्णाली प्रदेशकै उत्कृष्ट

  सरिता चलाउने २०७७ फाल्गुण ५ गते बुधबार १८:५६:०७ मा प्रकाशित

सरिता चलाउने फागुन ५,सल्यान 
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यान कर्णाली प्रदेशकै उत्कृष्ट शाखा घोषित भएको छ ।

उत्कृष्ट काम, कार्य गरेको भन्दै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार महासंघ सल्यान  शाखालाई सम्मान गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारहरुको हितमा क्रियाशील पत्रकार महासंघका गतिविधिहरुलाई व्यापक र प्रभावकारी बनाउँन योगदान पुर्‍याएको भन्दै सल्यान शाखालाई आफ्नो २६ औं महाधिवेशनको अवसरमा सल्यान  शाखालाई सम्मान गरेको छ ।

काठमाण्डौमा भएको महासंघको २६ औं महाधिवेशनमा सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङले   सम्मान पत्र शाखाका अध्यक्ष प्रतीक इच्छुक शर्मालाई हस्तान्तरण गरेका हुन  ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top