ट्रेण्डिङ

होमपेज / समाज

जिल्ला अदालत सल्यानद्धारा ५८ प्रतिशत मुद्या फच्यौट

सबैभन्दा धेरै सम्बन्ध विच्छेद

  सरिता चलाउने २०७६ फाल्गुण १६ गते शुक्रबार १६:३०:५९ मा प्रकाशित

सरिता चलाउने फागुन १६, सल्यान 
जिल्ला अदालत सल्यानले चालु आर्थिक वर्षमा ५८ प्रतिशत मुद्या फच्यौट गरेको छ । चालु आ.व.को फागुन १५ गतेसम्म १ सय ९७ मुद्या फच्यौट भएको जिल्ला अदालत सल्यानले जनाएको छ । 
गत आर्थिक वर्षमा सरि आएका ५८ र चालु आर्थिक वर्षको फागुन १५ गतेसम्म ३ सय ३५ मुद्या परेकोमा १ सय९७ मुद्या फच्यौट भएको जिल्ला अदालत सल्यानका निमित्त श्रेष्टेदार चुर्ण बहादुर विष्टले बताए । मुद्या परेकोमा १ सय ३८ फच्यौट गर्न बाँकी रहेको उनको भनाई छ । उनले भने असार मसान्तसम्म बढीमा चार सय मुद्या पर्ने अनुमान गरेका छौं चालु आ.व. मा नै सबै मुद्या फच्यौट गर्ने विश्वास लिएका छौं । 
माघ महिनामा १ सय ३४ मुद्या फच्यौट गर्ने लक्ष्य लिएकोमा १ सय ३८ भएको र फागुन महिनामा २५ मुद्या फच्यौट गर्ने लक्ष्य लिएकोमा १५ गतेभित्र नै ३२ मुद्या फच्यौट भई सकेको विष्टको भनाई छ । 
सबैभन्दा धेरै सम्बन्ध विच्छेद
जिल्ला अदालत सल्यानमा चालु आर्थिक वर्षमा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्या परेका छन् । अदालतका अनुसार हालसम्म १ सय २३ मुद्या सम्बन्ध विच्छेदका परेका छन् । गत आर्थि वर्षको तुलनामा केही कम भएपनि अन्य प्रकृतिका मुद्या भन्दा सम्बन्ध विच्छेदका मुद्या धेरै रहेको श्रेष्टेदार विष्टको भनाइ छ । यस्तै जवरजस्ती करणी २४, बाल विवाह ११, बहुविवाह २६ मुद्या परेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top