ट्रेण्डिङ

होमपेज / समाज

त्रिवेणी गाँउपालिकाको लुहाममा निःशुल्क १५ दिने गुडिया बनाउने तालिम सम्पन्न

  सरिता चलाउने २०७७ माघ १४ गते बुधबार १९:०३:३९ मा प्रकाशित

सरिता चलाउने माघ १४,सल्यान 
जिल्लाको त्रिवेणी गाउँपालिका ६ लुहाममा १५ दिने निःशुल्क घरायसी सजावटका सामाग्री (गुडिया) बनाउने तालिम बुधबार सम्पन्न भएको छ । 
कोभिड १९ विशेष कार्यक्रम अन्र्तगत महिलालाई आत्मनिर्भर बनाउने मुख्य उद्देश्यका साथ निःशुल्क तालिम प्रदान गरिएको थियो ।

 विश्वभर फैलिएको कोरोना भाइरसले पारेको प्रभावलाई न्युनिकरण गर्न कर्णाली प्रदेशका सबै स्थानीय तहहरुमा सिपमुलक कार्यक्रम सञ्चालन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका निर्देशक मुकुन्दनाथ योगीले बताए । रोजगारमुलक सिप सिक्ने मात्र होइन व्यवहारमा पनि लागु गर्न उनले सहभागिलाई आग्रह गरे । व्यवहारमा सिपको प्रयोग नगरे सिप सिक्नुको कुनै  अर्थ नहुने र राज्यको लगानी पनि प्रयोग बिहिन हुने बताए । 

यस्तै त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको समन्वयमा विभिन्न खाले सिपमुलक तालिम दिएर आत्मनिर्भर बनाउन लागि परेको बताए । उद्यमीहरुले निमार्ण गरेका बस्तुहरुको बजारीकरणको जिम्मा गाउँपालिकाले लिने बताउँदै अध्यक्ष डाँगीले महिलाहरुलाई स्वरोजगार  बनाउन गाउँपालिकामा एक कोसेली घरको स्थापना गरिने समेत बताए । 

सिप सिक्ने मात्र मुख्य विषय भन्दा सिकेको सिपलाई निरन्तरता दिने प्रमुख काम भएको बताउँदै महिला उद्यमीहरुले निमार्ण गरेका बस्तूहरुको सहज बजारीकरण गरि दिने दावी गरे । 
महिलाहरुले सिप सिके अर्काको भरमा बस्नु नपर्ने र आत्मविश्वास पनि बढाउने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका कार्यालय प्रमुख नृपजंग शाहीले बताए । 
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको आयोजनामा भएको निःशुल्क १५ दिने तालिममा २० भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top