ट्रेण्डिङ

होमपेज / समाज

सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आयो

  सरिता चलाउने २०७७ माघ १३ गते मंगलबार १६:२०:४७ मा प्रकाशित

सरिता चलाउने माघ १३,सल्यान 
जिल्लाको शारदा नगरपालिका ९ नयाँ बस्ती स्थित काफलगैरा ढारपाखा सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आएको छ । सोमबार दिउँसाेदेखि लागेको आगो मंगलबार बिहानमात्र  नियन्त्रणमा आएको हो । 

नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहयोगमा वनमा लागेको आगो नियन्त्रणमा आएको हो । भदौ महिना यता हिउँदे वर्षा नहुँदा वनहरु सुख्खा हुन थालेका छन् । आगलागीबाट कुनै मानविय तथा चौपायाको क्षति नभएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

यस्तै नयाँ बस्तीमा जिल्लामा बारम्बार भइरहने आगलागीका घटनालाई न्यूनिकरण गर्न अभिमुखीकरण कार्यक्रम गरिएको छ । अभिमुखीकरण कार्यक्रममा आगलागी घटनाको न्युनिकरण, वन डढेलो गराएमा हुने कानुनी कारवाही, वन जंगल सरक्षण तथा सम्वद्र्धनका बारेमा अभिमुखीकरण गरिएको डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत रमेश गिरीले जानकारी दिए । कार्यक्रममा १ सय ५० भन्दा बढी सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top