होमपेज / समाज
सरिता चलाउने माघ १२, सल्यान
चालु आर्थिक वर्षको पुस महिनासम्म जिल्ला अदालत सल्यानमा ४ सय १५ मुद्दा दर्ता भएका छन् । चालु आ.व.को साउन देखि पुस मसान्तसम्म ४ सय १५ मुद्दा दर्ता भएको जिल्ला अदालत सल्यानले जनाएको छ ।
कार्यालयका अनुसार ४ सय १५ मुद्दामा २ सय ३ मुद्दा फैसला भइसकेका छन् भने २ सय १२ मुघा फैसल ागर्न बाँकी रहेका छन् । देवानी तर्फ १ सय ३५ मुद्दा परेका छन् भने दुनियावादी फौजदारी मुद्दामा २७ मुद्दा दर्ता भएको अदालतका श्रेष्तेदार हेमन्त ज्ञवालीले बताए ।
यस्तै सरकारवादी फौजदारी मुद्दामा १ सय ४९ मुद्दा परेकोमा ५६ मुद्दा फच्यौट भएका छन् भने ९३ मुद्दा फच्यौट हुन बाँकी रहेका छन् । पुनरावलोकन मुद्दामा एक परेकोमा उक्त मुद्दा फैसला भइसकेको र सरकारवादी पुनरावलोलनमा ३ मुद्दा परेकोमा १ को फैसला भएको र २ वटा वाँकी रहेको श्रेष्तेदार ज्ञवालीले बताए ।
प्राय मुद्दाहरु अंशवण्डा, सम्बन्ध विच्छेद, जर्बरजस्ती करणीका आउने गरेको ज्ञवालीको भनाई छ ।