ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका विपन्न घर परिवारलाई न्यानो कपडा वितरण

  सरिता चलाउने २०७७ माघ ९ गते शुक्रबार १७:४१:०८ मा प्रकाशित

सरिता चलाउर्ने माघ ९,सल्यान 
सल्यानमा विपन्न घर परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यलय सल्यानले चिसोबाट प्रभाबित भएका अतिविपन्न घर परिवारलाई न्यानो कपडा वितरण गरेको हो । 

गरिव तथा अति विपिन्न घर परिवारहरुको संख्या पहिचान गरेर जिल्लाका १० वटै स्थानिय तहमा पुगेर न्यानो कपडा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए । उनका अनुसार जिल्ला भर १ सय ६५ विपन्न घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको छ । न्यानो कपडा वितरणको लागि विपन्न परिवारको पहिचान गर्न स्थानीय तहलाई जिम्मा दिईएको थियो । सोही आधारमा अति विपन्न र गरिब घरपरिवारलाई कपडा वितरण गरिएको उनको भनाई छ । 

तिन नगरपालिका ( बागचौर, शारदा र बनगाड कुपिण्डे) २०÷२० घर परिवारलाई र ७ गाउँपालिका १५÷१५ घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको उनको भनाई छ । 
न्यानो कपडा पाउँदा विपन्न समुदाय खुशी भएका छन । जाडोमा न्यानो कपडा पाउँदा खुशी लागेको त्रिबेणी गाउँपािलका ६ का अमर बिश्वकर्माले बताए । चिसोबाट बच्नका लागि प्रदान गरिएको न्यानो कपडा पाएपछि खुशी र राहत मिलेको उनको भनाई छ । उनले भने ‘चिसोमा ओढ्नका लागि कपडाको कमि थियो। आज पाएँ न्यानो हुने भयो खुशी छु । ’ 

चिसो प्रभावितहरुलाई जिल्लाभर पाँच लाख बराबरको कम्बल तथा ब्ल्यांकेट वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top