होमपेज / समाज
सरिता चलाउने सल्यान , माघ २ ।
सल्यानमा २३ औं भूकम्प सुरक्षा दिवश सल्यानमा मनाईएको छ । सल्यान सदरमुकाम खलंगामा प्रभात फेरी गरेर भूकम्प दिवस मनाइएको हो ।
प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ्ग नेतृत्वमा निजामती कर्मचारी , नेपाल प्रहरी ,शसस्त्र प्रहरी र नेपाली सेनाको सहभागितामा र्याली निकालिएको हो । पुरानो वसपार्कवाट सुरु भएको प्रभात फेरी डाँडागाउँ, जोडीपिपल, वैक रोड, लामाचौतारा हुदै वसपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो ।
भूकम्पबाट हुने जोखिम र यसबाट वच्न अपनाउनु पर्ने सर्तकता वारे जानकारी होस भनेर प्रभात फेरी गरिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ्गले वताए ।
वि.सं.९९९० मा आजकै दिन अर्थात माघ २ गते नेपालमा एउटा ठूलो विनाश भएको थियो । त्यसैको सम्झनामा २०७२को भूकम्प पछि भुकम्प दिवस मनाउन थालिएको हो ।