ट्रेण्डिङ

होमपेज / समाज

यसरी मनाइयो सल्यानमा राष्ट्रिय योग दिवस (फोटो फिचर)

  सरिता चलाउने २०७७ माघ १ गते बिहीबार १४:२३:३५ मा प्रकाशित

सरिता चलाउने माघ १,सल्यान 

 ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस सल्यानमा पनि मनाइएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानको आयोजना र स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखाको समन्वयमा योग गरेर ६ औं  राष्ट्रिय योग दिवस मनाइएको छ । 

  वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो। यही  क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको हो।  प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो। आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन्।  

मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो। यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top