होमपेज / समाज
इन्द्र बुढाथोकी पुष २५,सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले शनिबारदेखि नगरको विकट बस्ती निगाल्चुलाको दुरुमखोला बाट भेडाबाख्रालाई पिपिआर विरुद्धको खोप लगाउने कार्य सुरु गरिएको छ ।
नगरपालिकामा रहेका १२ वटै वडाका कृषकहरुले पालेका भेडा बाख्रालाई टोलमै पुगेर पिपिआर विरुद्धको खोप शिवर नै सञ्चालन गरिएको हो ।
पिपिआर रोगबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनगर गरी नगरपालिकाका सबै टोलमा पुगी निःशुल्क खोप लगाइने नगर पशु शाखा प्रमुख बिनाराम बुढाथोकीले बताए । पहिलो चरणमा वडा ८, ९, १०, ११ र १२ मा रहेको र त्यस पछि क्रमश अन्य वडाहरुमा यो कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ ।
भेडाबाख्रामा लाग्ने महामारी पिपिआर रोग प्रतिरोधात्मक क्षमता सम्बन्धि खोप सञ्चालन नगरले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको बुढाथोकीको भनाई छ । । सधै सुविधाजनक ठाउँका कृषकलाई पहिलो प्राथमिकता हुनेमा यस बर्ष बिकट बस्ती वनगाड कुपिण्डे नगरपालिका वडा नं. १२ निगाल्चुलाको दुरुमखोला, भदाले र माझखर्कका ३ स्थानमा शिविर सन्चालन गरिएको प्रमुख बुढाथोकीले बताए ।
१२ न वडा अध्यक्ष गोविन्द डाँगीले भाक्सिट्न vaccinator परिचालन गरेर उद्घाटन गरेका छन् । साथै सबै किसानलाई यो सुविधा लिन अध्यक्ष डाङ्गिले आग्रह गरेका छन । त्यस्तै आइतबार वडा नं १० को थापाचौर र माझकाडाँमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ ।
यसपटक भने २५ हजार वढि भेडा बाख्रालाई निशुल्क उपचार गरिने भएको छ । शिविरमा भेडाबाख्रा लगाएत अन्य पशुपालनलाई पनि उपचार गरिने शाखा प्रमुख बुढाथोकीले बताए ।