होमपेज / समाज
इन्द्र बुढाथोकी २० पुस,सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर रावतलाइ स्वागत गरिएको छ ।
नगरपालिका स्थानीयलाई पहिलो पटक प्रमुख प्रशासकीय अधिकृतको रुपमा बनगाड कुपिण्डे नगरपालिका ३ का चक्रबहादुर रावतलाइ अधिकृतको जिम्मेवारी दिइएको छ ।
नगर शिक्षा शाखा प्रमुख भएर काम गर्दै आएका रावतलाई यस अघि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । प्रमुख प्रशासकीय अधिकृत मोहन खडका सरुवा भएर सल्यान कपुरकोट गाउँपलिकामा गएपछि उक्त अधिकृतको लागि रावतलाई जिम्मेवारी दिइएको छ ।
सोमबार नगरपालिकामा नगर प्रमुख गोविन्द कुमार पुन, उप प्रमुख मञ्जु यरि र कर्मचारीले रावतको एक कार्यक्रमका विच स्वागत गरेका हुन ।





.jpg)