होमपेज / समाज
सरिता चलाउने ११ फागुन ,सल्यान । सल्यानको सामुदायिक रेडियो शारदा ९९ थोप्लो २ मेगाहर्ज १२ औँ बर्षमा प्रवेश गरेको छ । ग्रामिण बिकास सञ्चार केन्द्रद्धारा सञ्चालित रेडियो शारदा १२ औँ स्थापना दिवसको अवसरमा सोमबार रेडियोले शुभकामना आदनप्रदान सँगै अँन्तरक्रिया कार्यक्रम गर्दै छ ।
सामुदायिक रेडियोको अबसर र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम गर्न लागिएको रेडियोको स्टेशन म्यानेजर प्रतिक ईच्छुक शर्माले बताउनु भयो ।
२०६४ साल फागुन १२ गते बाट प्रशारणमा आएको रेडियो शारदाले नागरिकहरुका आवाज बिहिनका आवाजहरुलाई समेटनुका साथै सत्य तथ्य सुचना र समाचारलाई प्रशारण गर्दै आएको उहाँले बताउनु भयो । यस रेडियोले जिल्लाको सामाजिक, आर्थिक र राजनैतिक मुद्धामा बिशेष सहयोग पु¥र्याउँदै आएको छ ।





.jpg)