होमपेज / समाज
सरिता चलाउने मंसिर ९,सल्यान
हेड नेटवर्क सल्यानको बैठक सल्यानको खलंगामा सम्पन्न भएको छ । पारस्पारीक जवाफदेहिता परियोजना अन्नगैत हरप्लेस सल्यानको आयाजनामा बैठक सम्पन्न भएको हो ।
शिक्षा, स्वास्थ्य, कृषि बिपद व्यवस्थापन र सुशासनका लागि काम गर्नको लागि गठन भएको हेड नेटवर्कले जिल्लामा अन्य सार्बजनिक सेवा प्रबाहका बिषमा पनि काम गर्दैे आएको छ । हेड नेटवर्कका अध्यक्ष तोरण बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा रहेका सेवा प्रवाहको र समस्याका बारेमा छलफल भएको छ ।
कोरोना भाईरस कायमै रहे पनि अहिले बिद्यालयहरुमा स्वास्थ्य मापदण्ड शुन्य भएको कार्यक्रममा बोल्ने सहभागीहरुले बताएका छन । अहिले बिद्यार्थिहरु मास्क, सेनिटाईजर बिनै बिद्यालयमा प्रस्थान गर्ने गरेको र बिद्यालयले पनि ध्यान नपु¥याएको बताएका हुन ।
यस्तै बैठकमा जिल्लामा नियमित बत्ति नहुने गरेको, कोरोनाको बेला मालपोत लगायत सरकारी कार्यालयहरुमा बढी भिडभाड हुने गरेकोे , बजारहरुमा एग्रोभेटहरुमा सुचिकृत भएका बाहेकका बिषादीहरु पनि बिक्रि वितरण भैरहेको पाईएकाले अनुगमन र सुधारका लागि ओकालत गर्ने निर्णय भएको पारस्पारीक जवाफदेहिता परियोजनाका रामचन्द्र रेग्मीले बताए । कार्यक्रममा कानुन अधिबत्ताहरु , मानबअधिकार कर्मि, पत्रकार, नागरीक समाजका प्रतिनिधिहरु लगायतको उपस्थित रहेको थियो ।





.jpg)