होमपेज / समाज
सरिता चलाउने पुस ६,सल्यान
सल्यानका पत्रकारहरुलाई एक दिने आधारभुत आँखा स्वास्थ्य शिक्षा तालिम प्रदान गरिएको छ ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत संचालित राप्ती आँखा अस्पताल रक्षाचौर दाङको आयोजना र नेपाल पत्रकार महासंघ सल्यानको समन्वयमा जिल्लाका कृयाशिल पत्रकारहरुलाई तालिम प्रदान गरिएको हो ।
तालिममा आँखा स्वस्थ राख्ने तरीका, आँखामा लाग्ने रोगहरु, मोति बिन्दु, जलबिन्दुका बारेमा जानकारी गराईएको थियो ।
तालिममा नेत्र विशेषज्ञ शालिकराम गौतमले सानो लार्पवाहीले आखाँको ज्योती गुम्न सक्ने भएकाले आखाँ लाई सुरक्षित राख्न बिशेष ख्याल गर्नुपर्ने बताए । उहाँले आखा मानिसको महत्वपूर्ण अंग भएकाले ६ महिनाको अन्तररालमा चेकजाँच गर्न र नियमित सरसफाई ध्यान दिनु पर्ने वताउनुभयो । उहाले आँखामा जथाभावी तेल, गाजल लगाउने जस्ता कार्य गर्न नहुने उनको भनाई छ ।
सञ्चार माध्याम र सञ्चारकर्मी मार्फत आँखा स्वास्थ्यको वारेमा सहि सूचना संपे्रशन गर्न गौतमले पत्रकारलाई आग्रह गरे ।
नेपाल नेत्रज्योति संघ दागका सूचना अधिकारी वाला राम खड्काले आँखा स्वास्थ्यका विषयमा स्थानीय सरकार संग सहकार्य गरी समुदाय स्तरमा कार्यक्रम सञ्चालन गर्ने गरी तयारी भैरहेको गौतमले बताए ।
नेपाल नेत्र ज्वोती संघले स्थानिय स्तरमा आमा समुह, स्वास्थ्य स्वयम सेवक, शिक्षक, बिद्यार्थिहरुको माझमा उज्यालो कार्यक्रम लिएर आँखा स्वास्थ्य शिबिर प्रदान गरिरहेको बताए ।
यस्तै स्थानिय तहको प्रत्येक पालिकाहरुमा पनि आँखा स्वास्थ्य कार्यक्रम संचालन गरिहेको बताए ।
कार्यक्रममा सहभागि पत्रकारहरुले आखा स्वास्थ्य सम्वन्धी सचेतनामूलक कार्यमा सहकार्य गर्न तयार रहेको वताएका थिए । नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्मा, नेपाल पत्रकार महासंघ दाङका सह सचिव शर्मिला डिसी लगायतले मन्तब्य राखेका थिए ।





.jpg)