होमपेज / समाज
इन्द्र बुढाथोकी सल्यान ४ पुष ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आफू जन्मेको ठाउँमा रहेको श्री कृष्ण प्राथमिक विद्यालय बनगाड कुपिण्डे नगरपालिका वडा न १ खहरेखोला रहेको २ कोठे भवन उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेका मन्त्री ज्वालाले भवन बनाएकोमा सबैलाई धन्यवाद दिएका छन् । विद्यालयलाई भौतिक पुर्वाधार आवश्यक पर्ने भएकोले पहिला पुर्वाधार चाहिन्छ र त्यसको लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने मन्त्री ज्वालाले बताए । जन्म गाउँ जन्म स्थल भएकोले आउने चाहना हुँदा हुँदै पनि कार्य व्यवस्तताले आउन नभ्याएको उनको भनाई छ । उनले भने आफुले बिकास गर्ने चाहना हुँदा हुँदै पनि कर्णाली प्रदेशका सबै जिल्ला हेर्नू पर्ने भएकोले त्यति ध्यान पुग्न नसकेको हुन सक्छ । यहाँको भुमी सङ्ग माया छ गर्भ छ खहरेखोला बासी हुनुको नाताले म असाध्य गर्भ र खुसी भएको र सक्ने ठाउमा सधै सहयोग गर्ने छु ।
संघीयता आए संगै विकास निर्माणको कामले गति लगेको उनको भनाई छ । ३५ अर्ब प्रदेश सरकारले मात्र बनाउने उनले बर्ताए । देश संघीयता गणतन्त्र नआएको भए यो विकासको सम्भावना हुने थिएन । गणतन्त्र संघीयता आएका कारण विकास भएको मन्त्री ज्वालाले दाबी गरे ।
नगर प्रमुख गोविन्द कुमार पुनले आफ्नो नगरपालिकामा गत वर्षको बजेट कोरोनका कारण गर्न नसकिए पनि अहिले आफुहरुले पूरा गर्ने बताए । विकास निर्माणकार्य गर्दा धेरै कुरामा ध्यान दिनु पर्ने उनको भनाई छ । बजेट सहि सदुपयोग नभएको र एउटै सरचनालाइ बनाउने भत्काउने गर्दै आएकोले पनि विकास निर्माणकार्य ढिलाइ हुने नगर प्रमुख पुनले बताए । विकास निर्माणमा जनप्रतिनिधि र कर्मचारीले मात्र गरेर हुदैन स्थानीय र सरोकारवाला निकायको पनि त्यतिकै महत्त्वपूर्ण भएको र भने अनुसार काम गर्ने नसकेपनी बिगत भन्दा स्थानीय जनप्रतिनिधि आए पनि धेरै बिकास भएको र अब त्यसको स्तर उन्नतिका काम गर्ने उनको भनाई छ ।
नेकपा कर्णाली प्रदेश सल्लाहकार परिषद सदस्य गणेश बिसि विकास निर्माणमा असार कुरेर बस्ने भन्दा समयमा गर्ने र दिगो बिकास हुने तिर सोच्न सबैलाई अनुरोध गरे ।
नेकपा बनगाड कुपिण्डे नगर कमिटी अध्यक्ष किर्ती बहादुर रानाले शिक्षामा लगानी लगाएर मात्र नभएर त्यसको सदुपयोग गर्ने स्थानीयको दायित्व भएको बताए । । बनगाड कुपिण्डे नगरपालिका १ न वडा अध्यक्ष शान्त कुमार यरिले आफुले वडा बाट हुने बजेट सधै छुट्याइएको र वडाको बजेटले भने आशा गरे अनुसार बिकास गर्ने नसकेको र त्यसको लागि नगर प्रदेश केन्द्र सरकार सङ्ग सधै पहल गरिरहेको उहाले बताउनु भएको छ । यश क्षेत्रमा शिक्षा स्वास्थ्य बिधुत खानेपानीको लगाएत विकासमा पछाडि परेको उहाले बताए ।
कर्णाली सरकारको सशर्त अनुदानको बजेट बाट २० लाख योजनामा मध्य १८ लाखमा शिवशक्ती प्रीजमा निर्माण कम्पनीले निर्माणकार्य सम्पन्न गरेको इन्जिनियर महेश देवकोटाले जानकारी दिए ।





.jpg)