होमपेज / समाज
सरिता चलाउने फागुन ११, सल्यान
जिल्ला कारागार सल्यानमा चार जना बालबालिकाले आमाबुवा सँगे कैदी जिवन बिताउन बाध्य भएका छन । बिद्यालयले जाने उमेरका बालबालिकाको जिम्मा लिने मान्छे कोही नभएपछि आमा बुवासँगै कैदी जिवन बिताउन बाध्य भएका हुन ।
जिल्लाको बागचौर नगरपालिका–७ कोटबाराका एक दम्पतीका तीन सन्तानले बिना कारणै कारागारमा बस्नुपर्ने बाध्यता भएपछि बिद्यालय जान समेत बन्चित भएका छन । विद्यालय जाने उमेरकी ६ वर्षीया चेतना रावत उनकी ४ वर्षीया बहिनी वर्षा रावत र ३ बर्षका भाई हिक्मत रावत र बागचौर नगरपालिका–१२ बाँफुखोला निवासी लोकबहादुर डाँगी र दिलमाया डाँगीका ९ महिने छोरा दीपेश डाँगी पनि कारागारमा अभिभावकसंग बस्दै आएका छन् ।
अभिभावकले गरेको गल्तीको सजाय भोग्ने क्रममा सन्तानको जिम्मा लिने कोही नभएपछि हाल चार जना बालबालिका जिल्ला कारागारमा राख्नुपर्ने बाध्यता रहेको जिल्ला कारागारका सल्यानले जनाएको छ ।‘दुई वर्षभन्दा माथिका बालबालिकालाई जेलभित्र राख्न नपाइने कानुनी व्यवस्था भएपनि अभिभावकलाई छोड्न नमान्दा र आफन्तले लिन नआउँदा कारागारमा राख्नुपर्ने बाध्यता रहेको कारागार सल्यानका जेलर बल बहादुर केसीले बताए ।
कारागारमा रहेका बालबालीकाले पढने ईच्छा राखेपछि अहिले एक जना कैदी महिलाले कारागार भित्रै पढाउन थालेकी छन । बिहान बेलुका ती बालबालिकालाई कैदी सलिना गहतराजले पढाउने गरेकी हुन ।
बालबालिकालाई कुनै बालगृहमा राख्न सकिने भए पनि अहिलेसम्म प्रक्रिया अगाडि बढ्न नसकेको जेलर केसीको भनाई । यसअघि कारागारमा रहेका ४ बालबालिकालाई केन्द्रीय बालकल्याण समितिको जिम्मा लगाइएको थियो ।





.jpg)