ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा टयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

  इन्द्र बुढाथोकी २०७७ मंसिर २३ गते मंगलबार २०:२०:१८ मा प्रकाशित

इन्द्र बुढाथोकी मंसिर २३,सल्यान 
सल्यानमा टयाक्टर दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको छ । मंगलबार साँझ बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारबाट वामे जाँदै गरेको भे २ त २७२ नम्बर को टयाक्टर बनगाड कुपिण्डे नगरपालिका ३ च्युरिगैरा नजिकै दुर्घटना  भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

दुर्घटनामा परी टयाक्टर चालक बनगाड कुपिण्डे नगरपालिका २ वामेका २१ वर्षीय लोकश वि.क. रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए । टयाक्टर सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेको छ ।

दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top