होमपेज / समाज
इन्द्र बुढाथोकी मंसिर १९,सल्यान
बहुविवाह गरेको आरोपमा सल्यानका एक वडाध्यक्ष प्रक्राउ परेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं ९ का वडाध्यक्ष इन्द्र बहादुर कुमाईलाई शुक्रबार बेलुका जयतपानी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
वडा अध्यक्ष सँगै तेस्रो बिहे गरेकी उनकी कान्छी श्रीमति भनिएकी ग्वाँमी विष्ट कुमाईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
घरमा २ जना श्रीमती र दुबै श्रीमती तर्फ ४ जना छोराछोरी हुँदाहुँदै तेस्रो बिहे गरेको भनी स्थानिय ५ जनाले सल्यान प्रहरीमा बहुविवाह गरेको कसुरमा उजुरी दिएका थिए । निज वडाध्यक्ष कुमाईले तिहारको भाइटिकाको दिन स्थानीय महिलालाई भगाएका थिए ।
सोही उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत सल्यानबाट प्रक्राउ पूर्जी लिई आरोपीत दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए ।प्रक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखी थप अनुसन्धान भई रहेको ओलीको भनाई छ । ।





.jpg)