ट्रेण्डिङ

होमपेज / समाज

सल्लीबजारमा २९ औं अन्तरास्ट्रिय अपांग दिवस

  इन्द्र बुढाथोकी २०७७ मंसिर १९ गते शुक्रबार ११:११:३९ मा प्रकाशित

इन्द्र बुढाथोकी मंसिर १९,सल्यान  
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा बिहिवार २९ औं अन्तरास्ट्रिय अपांगता दिवस  मनाइएको छ ।

अपांगलाई माया गरौ ,अपांगलाई सम्मान गरौँ ,अपांगहरुको कोटा सुनिश्चित गरौं भन्ने मुल नाराका साथ र्‍याली सहित मनाएको छ । बनगाड कुपिण्डे नगरपालिका महिला बालबालिका तथा सामाजिक विकास महाशाखा, कार्यक्रमको आयोजना गरिएको थियो ।

बनगाड कुपिण्डे नगरपालिकाको उप प्रमुख मन्जु यरिको अध्यक्षतामा भएको कार्यक्रममा अपांग संजाल बनगाड कुपिण्डे नगरपालिका अध्यक्ष जनक सिंह , श्रीष्टी शाह, सुआहारा प्रतिनिधि सुकलाल परियार लगाएतले मन्तव्य राखेको थिए भने कार्यक्रमको सन्चालन महिला तथा बालबालिका शाखा प्रमुख निरु शाही गरेकी थिइन । 

कार्यक्रममा बोल्नेहरूले अपाङ्गता भएकाहरूको विषयमा गम्भीर बन्न स्थानीय निकायलाई अनुरोध गरेका थिए । अपाङ्गमैत्री भवन निर्माण, अपाङ्गता भएकाहरूलाई सीपमूलक तालिम, सहायक सामग्रीको व्यवस्था, उनीहरूको पुनस्र्थापना, आयआर्जनका कार्यक्रममा सवालमा स्थानीय तहले कार्यक्रमहरू ल्याउन सुझाव दिएका छन्  । अपांग भएको व्यक्तिहरुको लागि आफुले सक्दो सहयोग गर्ने अपांग भएका व्यक्तिहरुलार्इ सबैले सहयोग गर्नु पर्ने र सपाङ्ग   जस्तै  व्यबहार गर्नु पर्नेमा नगर उप प्रमुख यरिले बताउनु भएको छ । जो सुकै व्यक्ती जुन अवस्थामा पनि अपांग हुन सक्ने भएकोले अपांगलाई माया गर्नु पर्ने बताएका छन् ।  ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top