होमपेज / समाज
इन्द्र बुढाथोकी १८ मङ्सिर ।
मैदुपोखरीमा आज एक कार्यक्रमका बीच नगर प्रमुख गोबिन्द कुमार पुनले बतत्त उद्घाटन गरेका छन ।
बनगाड कुपिण्डे नगरपालिका वडा न ६ र ७ को मैदुपोखरीमा पहिलो पटक बत्ती पुगेको छ । वत्ति उद्घाटन गर्दै नगर प्रमुख पुनले आफूले आफ्नो चुनावी बाचा पूरा गरेकोमा खुसी लागेको बताए । आफ्नो पहिलो प्राथमिकता भनेको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र विद्युत भएको बताए ।
वडाका सबै सेन्टरमा यहि आर्थिक वर्षमा बत्ती बल्ने जनाएको छ । संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा सबै काम हुने उनको भनाई छ । बिजुली बत्ति पछि खानेपानीको टड्कारो समस्या रहेको अब त्यसतर्फ आफ्नो ध्यानाकर्षण हुने पुनले बताए । लिफ्ट खानेपानीबाट यहाँका नागरिकले अब केही समयपछि त्यो पनि पूरा हुने मेयरले बताए । जनताको विकासका लागि आफुलाई जनताले अभिभारा सुम्पेको र जनताको आवश्यकता पूरा गर्दै जाने बताए । अब सबै वडा तथा टोलटोलमा बत्ती पुग्ने उनको भनाई छ । गाउँमा बत्ती पुगेपछि स्थानीय भने खुशी बनेका छन् । ५० वाटको ट्रान्सर्फमरबाट ढेड सय घरपरिवारले उक्त सेवा लिन सक्नेछन् । लाइनको विस्तारसँगै क्षमता पनि बढाउने विद्युत प्राधिकरणले जनाएको छ ।
११ केभि लाइनको काम तयारि पूरा भएकोले अब भने वस्तिहरुमा बत्ती जडान गर्न अनुरोध गरिएको छ । बत्ती उद्घाटन कार्यक्रम जिल्ला समन्वय समिति सदस्य आशा वली, नेकपा जिल्ला कमिटी सदस्य धनवहादुर पुन, नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष नारद घर्ती, शिव शक्ति प्रिजमा निर्माण सेवाका प्रमोद खड्का लगायतले मन्तव्य राखेका थिए । विद्युतीकरणको काम शिव शक्ति प्रिजमा निर्माण सेवाका खड्काले उक्त क्षेत्रमा ठिक समयमै काम सम्पन्न भएको जनाए।





.jpg)