ट्रेण्डिङ

होमपेज / समाज

अपडेट सल्यान बस दुर्घटनामा घाइते हुनेको संख्या २५ पुग्यो (नामावली सहित)

  सरिता चलाउने २०७७ मंसिर १७ गते बुधबार २०:५४:२० मा प्रकाशित

मंसिर १७,सल्यान 
सल्यानमा यात्रुबहाक बस दुर्घटना हुँदा घाइते हुनेको संख्या २५ पुगेको छ । नेपालगञ्जबाट रुकुम चौरजहारी जाँदै गरेको ना ४ ख ६७१५  नम्बर बस जिल्लाको कुमाख गाउँपालिका १ खारखोलामा बुधबार साँझ दुर्घटना भएको थियो । 

दुर्घटनामा परी घाइते भएका १५ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने १० जनाको रुकुम चौरजहारीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमृुख गोविन्द थापाले बताए । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । गाडी चालक र सहचालक फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको र घटनाका बारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 
घाइते हुनेमा बाँके कोहलपुर नगरपालिका १२ का ३७ वर्षीया प्रेरणा कुमाई, रुकुम चौरजहारी नगरपालिका ८ का १८ वर्षीया सुनिता बुढाथोकी, शोही ठाउँकी ३२ वर्षीया पुनम विष्ट, शोही ठाउँकै ७२ वर्षीय नरक बुढा ६५ वर्षीया दुर्गा बुढा, कुमाख गाउँपालिका १ का ३५ मान बहादुर बुढाथोकी, वडा न ४ का २८  वर्षीया कौशिला बस्नेत रहेका छन् ।

यस्तै कुमाख गाउँपालिका ४ की ४० वर्षीया देवि बुढाथोकी, ७० वर्षीया डम्मर कुमारी बुढाथोकी, ५० वर्षीया छाँया शाही, १३ वर्षका उत्तम विसी, वडा न ५ की ४५ वर्षीया लालमती कुमाई, रुकुम चौरजहारी नगरपालिका १ की ३८ वर्षीया साहुनी गोसाई, ४० वर्षका खड्क बहादुर गोसाई, ३६ वर्षीया गौशिला गोसाई, ६७ वर्षीया धनकला गोसाई रहेका छन् । 

यस्तै कुमाख गाउँपालिका १ का १५ वर्षीय निम बहादुर बुढाथोकी, १२ वर्षकी गीता विक, सल्यान बागचौर नगरपालिका ५ का ५३ वर्षीय प्रेम बहादुर पुन, ५० वर्षीया विर्मि पुन, कुमाख गाउँपालिका ४ का ११ वर्षीय शन्तोष बस्नेत, वडा न ५ का ६० वर्षीया तुल्सा शाही, ४४ वर्षका तेज बहादुर राना र ५८ वर्षीया टिका कुमारी चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top