ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा चार जना गम्भिर घाइते

  सरिता चलाउने २०७७ मंसिर १७ गते बुधबार १७:५९:०९ मा प्रकाशित

सरिता चलाउने मंसिर १७ सल्यान 
सल्यानमा यात्रुबाहक बस र्दुघटना हुदाँ ४ जना गम्भिर घाईते भएका छन ।

नेपालगन्जबाट रुकुम चौरजहरी जादै गरेको ना ४ ख ६६,१५ नम्बर यात्रुबाहक बस जिल्लाको कुमाख गाउँपालिका २ खारखोलाम र्दुघटना भएको हो । दुर्घटनामा घाईते भएकाहरुको नाम थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । २६ जना सवार रहेको बस दिउसो करिब ४ः२० मा र्दुघटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोबिन्द थापाले जानकारी दिए। घाईतेहरुको उद्धारका लागि इलाका प्रहरी कार्यलय रागेचौर र प्रहरी चौकी नेटा बाट प्रहरी खटिएको उनको भनाई छ ।

बस सडक बाट ३०  मिटर तल खसेको छ भने थप बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top