ट्रेण्डिङ

होमपेज / समाज

श्रीनगर बजार सहित आसपास क्षेत्रमा गरिएको सिल अवधि थपियो

  सरिता चलाउने २०७७ मंसिर ७ गते आइतबार १४:५७:३९ मा प्रकाशित

सरिता चलाउने मंसिर ७, सल्यान 
जिल्ला प्रशासन कार्यालय सल्यानले प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजार सहित आसपासको क्षेत्रमा गरिएको सिलको समयावधि बढाएको छ । 

गत कात्तिक २३  देखि २९ गतेसम्म पहिलो पटक र कात्तिक २९ देखि मंसिर ६ गतेसम्म दोस्रो पटक गरी १४ दिन सिल गरेको प्रशासनले तेस्रो पटक मंसिर ७ गतेदेखि १० गते सिलको समयावधि थपेको हो । 
कोभिड १९ को जोखिम सम्भाव्यता र संवेदनशिलताको मुल्याङकन गरी मंसिर ७ गतेदेखि १० गतेसम्म सिल अवधि थप गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । 

सूचनामा वडा न १ को चैवाङ ज्यूला, शान्तिनगर, श्रीनगर बजार, छापडाँडा, दारिमचौर र पटनेरी, वडा न २ को जोगिदेउखोला र वडा न ६ को बरला आसपासका क्षेत्र सिल गरिएको उल्लेख गरिएको छ । 
निषेधित क्षेत्रमा निषेधित कार्य कसैले गरे गराएको पाइएमा कोभिड संक्रमण फैलाउने कार्य गरे गराएको कसूर मानी कसूरदारलाई प्रहरी मार्फत नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० बमोजिम तत्काल तोकिएको जरिवाना वा कैद सजाय हुने प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top