ट्रेण्डिङ

होमपेज / समाज

स्वयंसेविकाहरुलाई स्वास्थ्य सामग्री वितरण

  सरिता चलाउने २०७७ कार्तिक २८ गते शुक्रबार २०:१०:०९ मा प्रकाशित

सरिता चलाउने कात्तिक २८, सल्यान
कोरोना महामारीको बेला अग्र भागमा रहेर काम गर्दैआइ रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ।

सल्यानमा क्रियाशिल दलित बिकास समाज(डिडिएस) सल्यानले सुआहारा दोस्रो कार्यक्रमको सहयोगमा जिल्लामा सेवा गरिरहेका सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि स्वास्थ्य सामग्री ९मास्क र सेनिटाइजर० हरुवितरण गरेकोहो।

जिल्लाका दश वटै स्थानीय तहका स्वयंसेविकाहरुलाई प्रति ब्यक्ति ५÷५वटा मास्क र १०० एमएलको १÷१ वटा स्यानीटाईजर स्थानीय तह मार्फत प्रदान गरिएको छ। नेपाल सरकारले यहि मसिर ११र१२गते  ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुका लागी राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेकाले कार्यक्रमलाई लक्षित गरि उनीहरुको सुरक्षाका लागि डिडिएस सल्यानले २हजार १सय १६ थान मास्क  र ४सय २४थान सेनिटाईजर वितरण गरेको सस्थाका फिल्ड संयोजक तोरण बहादुर बुढाथोकीले जानकारी दिए।

विश्वव्यापी रुपमा फैलि रहेको कोरोना भाईरस (कोभिड१९)को यस महामारीको अवस्थामा महिला स्वयंसेविकाहरुलाई यसको संक्रमणबाट जोगाउन सहयोग पुर्‍याउदै राष्ट्रिय भिटामिन ए कार्यक्रम सफल रुपमा सम्पन्न गर्न नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्यले उक्त स्वास्थ्य सामग्री दिइएको बुढाथोकीले बताए । सबै सघंसस्था र सरोकारवालाहरुले आ–आफनो ठाउँबाट सहयोग गरेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सफल बनाउन संयोजक बुढाथोकीले सबैलाई आग्रह समेत गरेका छन्।

युएस्एआईंडिको आर्थिक सहयोग तथा हेलेनकेलर इन्टरनेशनलको प्रमुख व्यवस्थापनमा सल्यान सहित मुलुकका ४२वटा जिल्लाहरुमा सुआहारा (दोश्रो) कार्यक्रम सञ्चालनमा रहेकोछ।यो कार्यक्रमले खास गरी हजार दिनका आमाहरुको पोषण तथा स्वास्थ्यको क्षेत्रमा नेपाल सरकारको एकीकृत पोषण तथा खाद्य सुरक्षा रणनीति ९२०१८–२०२२ अनुसार संघ, प्रदेश  तथा स्थानीय तहहरुसंग मिलेर काम गरिहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top