होमपेज / समाज
फागुन ७, सल्यान ।
गाडी चालकहरुले यात्रुहरुलाई राम्रो व्यवहार गर्दैनन, अपशब्द प्रयोग गर्छन भन्ने व्यापक गुनासो आउने गर्छन, कतिपय ठाउँमा त तोकेको भन्दा बढि भाडा लिईएको पाईन्छ, यातायातका साधनहरुले यात्रुहरुलाई विभिन्न तवरबाट ठग्ने गरेको पनि गुनासो आउने गरेको छ । तर सल्यान प्रहरीले यसो हुन नदिन सार्बजनिक गाडिहरुमा २ मिनेट यात्रु कार्यक्रम चलाएको छ । यात्राको क्रममा रहेका सार्बजनिक यातायातका साधनहरुका गाडीमै चालक सहचालक र यात्रुहरुलाई रोकेर २ मिनेट यात्रु कार्यक्रम चलाएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।
बिशेष गरी राप्ती राजमार्गमा चल्ने लामो तथा छोटो दुुरीको सार्बजनीक गाडीहरुमा चढेर प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले २ मिनेट यात्रु कार्यक्रम संचालन गर्नुभएको हो । चालक र सहचालकले यात्रुहरुसँग राम्रो व्यवहार नगरेको व्यापक गुनासो आएपछि सार्बजनिक बसहरुमा यात्रु कार्यक्रम सँगै अनुगमन गर्नुएको छ । चालक र सहचालकहरुको व्यवहार बुझन प्रहरी प्रमुख खतिवडा प्रत्यक्ष यात्रु सँग भलाकुसारी गर्नुभएको छ ।
प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले यात्रुहरुलाई यात्रु सँग प्रत्यक्ष भेटेर चालक सह चालको व्यवहार, यात्राको क्रममा मापासे गरे नगरेको, सहचालकले सवारी साधन चलाउने गरेको वा नगरेको तोकिएको भन्दा बढी भाडा लिए नलिएको बारेमा जानकारी लिनु भएको छ ।
उहाँले भन्नु भयो, सार्बजनिक यातायातहरुमा चालक सहचालकहरुको राम्रो व्यवहार भएन, चालकहरुले मापसे गरेको भन्ने यात्रुको गुनासो आयो, त्यसैले यो कार्यक्रम संचालन गरेका छौ, चालक भन्दा सहचालकले सवारी साधन चलाउने तथा मापासे गरेर सवारी साधन चलाउँदा दुर्घटना बढेको भन्दै अभियान नै चलाएर अघि बढेको बताउनु भयो ।
बुधबार जिल्लाको श्रीनगर रुकुम खलंगा चोकमा सार्बजनिक गाडिहरुमा यात्रु कार्यक्रम संचालन गर्दै चालक र सहचालकले यात्रुलाई गर्ने व्यवहार, तोकेको भन्दा बढि भडा लियो कि? भनेर डिएसपी खतिवडाले यात्रुहरु सित कुरा गर्नुभएको थियो । सवारी दुर्घटनाका कारण धेरैको अकालमा ज्यान गुमाई रहेको बताउदै चालक र सहचालक जिम्मेवार हुनु पर्ने बताउनु भयो ।
यात्राको क्रममा कुनै समस्या भएमा नेपाल प्रहरीको टोल फ्रि नम्बर १०० र प्रहरी प्रमुखको मोवाइल न ९८५७८४५५५५ मा सम्पर्क गर्न पनि प्रहरी प्रमुख खतिवडाले यात्रुलाई आग्रह गर्नुभयो ।





.jpg)