होमपेज / समाज
सरिता चलाउने कात्तिक २६, सल्यान
अप्लास्टिक एनीमिया रोगका कारण आइसियुमा उपचारत सल्यानका नोख बहादुर गोसाइको उपचारका लागि अमेरीकामा आर्थिक सहयोग रकम संकलन भएको छ ।
जनता मावि रागेचौरका निवर्तमान प्रधानाध्यापक समेत रहनु भएका गोसाईको उपचारको लागि आर्थिक रकम अभाव भएपछि अमेरीकामा रहेका नेपालिहरुको पहलमा आर्थिक रकम संकल भैरहेको हो । अप्लास्टिक एनीमियाका कारण आइसियुमा रहेका गोसाईको उपचारकामा दैनिक ४ लाख सम्मको इन्जेक्सन आवश्यक पर्ने भएकाले उपचार गर्ने पैसा अभाव भएपछि गोसाइले सहयोगको याचना गरेका छन् ।
आइसियुमा उपचारत गोसाइको जिवन बचाउनको लागि अमेरीकामा रहेका गोबिन्द चलाउनेको पहलमा नोख बहादुर गोसाई बचाउ अभियान संचालन गरेर आर्थिक रकम संकलन भैरहेको छ । गोसाई बचाउ अभियान संचालन गरी गो फाउन्डमि मार्फत रकम संकलन भइ रहेको उनको भनाई छ । यो अभियान २ हप्ता सम्म संचालन गरीने उनको भनाई छ । अहिले सम्म १ लाख ५२ हजार १ सय २ रुपैया रकम संकलन भएको चलाउने बताए ।
अमेरीकामा रहेका अनिता गुरुङले ३१ डलर , बिनोद पुन ५१ डलर , खेम रोका २५ डलर , लक्ष्मण पौडेलले १०० डलर , आरती बस्नेतले ५१ डलर , बिमला लामा २१ डलर , सुतिा बोहरा १ सय ५ डलर , केबि चलाउनेले ५५ डलर , प्रेम बोहरा २ सय ५१ डलर , दिपक रेउलेले १ सय १ डलर , बिरबर बुढाथोकीले १ सय १ डलर , लक्ष्मण डिसि ५५ डलर , प्रमोद गिरी ३० डलर , गोबिन्द चलाउने २ सय १ डलर , सबल प्रसाईले ३० डलर गरी १२ सय ८९ डलर संकलन भएको छ ।
२०५५ सालमा सितल उमाबि रुकुम चौजाहारीबाट एसएलसी दिएर रुकुम प्रथम भएकाले उनले लेखेका छन् चेतना र शिक्षा तथा आर्थिक सम्पन्नताको दृष्टिकोणबाट पछि परेको पहाडी ग्रामिण सामान्य परिवारमा जन्म लिएसँगै शुरु भएको मेरो जिवन संर्घष बिभिन्न उत्तार चढाप पार गर्दै, आज यो अवस्थामा छ । घरपरिवारको अभिभावकत्व ग्रहण गर्ने बाध्यात्मक परिस्थितिवश विभिन्न पारिवारीक जिम्मेवारी बहन गर्नु मेरो स्वभाविक भुमिका हो । तर यहि शुख दुखका बिच म अहिले अप्लास्टिक, एनिमिया को बिरामी परेको छु । विभिन्न स्वर्णिम जिवन सपनाहरु देखेर गरिने कर्मले भाग्य नसुधार्दो रहेछ । जतिसुकै सत्विचारमा कर्म दुख र परिश्रम गरेपनि सायद भाग्यमा खोट भएपछि जिवनलाई जिवन बनाउन जोरबल बनाउन नचल्ने देखियो ।
२०७७ साल कात्तिर्क २० गते देखि ममा भएको अप्लास्टिक, एनिमिया रोगका कारण हस्पिटलको आईसिउमा भर्ना भएको छु । यो उपचार मेरो जस्तो आर्थिक हैसियतको व्यक्तिको लागि महंगो र कम संभावना रहेछ । जिवनको यो कठिन र विषम परिस्थितिमा सबैले सक्दो आर्थिक सहायता तथा शीघ्र स्वास्थ्य लाभको कामनाको हार्दिक अपिल गर्दछुु । व्यक्तिगत आत्मीय मानविय सहयोगका लागि हार्दिक अनुरोध गर्दछु । सन्चो भएर फेरि पुर्बवत भेटिने आशासहित प्राथाना गर्दछु ।
सहयोगको लागि मेरो नाम हरेको हिमालय बैंक लि. ०५९०७५८९७४००१८ र लक्ष्मी बैंक लि.०५४२००२१४२६ मा व्यक्तिगत आत्मीय मानविय सहयोगका लागि हार्दिक अनुरोध गर्दछु । सन्चो भएर फेरि पुर्बवत भेटिने आशासहित प्राथाना गर्दछु ।





.jpg)