ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा जीप दुर्घटना, तीन जनाको मृत्यु

  सरिता चलाउने २०७७ कार्तिक २२ गते शनिबार २०:२५:२० मा प्रकाशित

सरिता चलाउने कातिक २२ सल्यान 
सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु  भएको छ । शनिबार  दाङको तुल्सीपुरबाट रोल्पाको सुख्खाओढार जाँदै गरेको लु १ ज २९,११ नम्बरको डबलक्याप  जीप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवांगघारीमा दुर्घटना हुँदा रोल्पाका तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परि ज्यान गुमाउनेमा गाडी चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भिम बहादुर वली,सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गँगादेव गाउँपालिका –५ निवासी ६५ वर्षीय गंज बहादुर बुढा रहेको प्रहरी प्रमुख गोबिन्द थापाले जानकारी दिए ।

गाडीमा सवार अन्य ४  जना भने हाम फालेका बच्न सफल भएका छन् ।  गाडी सडकबाट एक सय मिटर तल खसेको छ । घटनास्थलमा प्रहरी पुगी सकेको र घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top