ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा चाडपर्वलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा

  सरिता चलाउने २०७७ कार्तिक १ गते शनिबार १८:००:५९ मा प्रकाशित

सरिता चलाउने कात्तिक १, सल्यान
सल्यानमा चाडपर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । चाडवाडको समयमा बिभिन्न अपराधिक घटना हुन सक्ने भन्दै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको हो । 

चार्डपर्वको अवधिभर चोरी, लुटपाट, जुवातास, झैझगडा हुन नदिनको लागि सादा पोशाकमा प्रहरी परिचालन गरिने, बढि आर्थिक कारोवार हुने स्थान, सुन पसल, बैंकहरुमा बढि फोकस गरेर गस्ती परिचालन गरिने प्रहरी प्रहरी प्रमुुख गोबिन्द थापाले बताए । 
यस्तै सार्बजनिक गाडीहरुमा सेनिटाईजरको व्यवस्था भए नभएको, यात्रुबाट कायम गरिएको भडा लिए नलिएको, दुर्घटना कम गर्न, हाइवयहरुमा चौबिसै घण्टा प्रहरी गस्ती परिचालन गरिने उनको भनाई छ । 

बढि भिडभाड हुने स्थान, शक्तिपिठहरुमा पनि भिडभाड हुन नदिनको लागि सुरक्षा व्यवस्था कडा पारिएको र मुख्य नाकाहरुलाई लक्षित गरेर, पेट्रोल गस्ती, मोबाईल गस्ती परिचालन गरिएको प्रहरी प्रमुख थापाले बताए । 

यसैबिच जिल्लामा संचालित यातायातका साधनहरुले सरकारले तोकेको सुरक्षा मापदण्ड कायम गर्न सिट संख्या भन्दा कम यात्रु राखि ५० प्रतिशत सम्म भाडालिने गरेकोमा अब देखि पुरानै भाडा कायम गर्न जिल्ला प्रशासन कार्यालय   सल्यानले जनाएको छ ।

 यातायातका साधनहरुमा सेनिटाईजारको व्यवस्था गर्ने,चालक र सहचालकले मास्क, पन्जा लगाउने र यात्रुले पनि अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । सार्बजनिक यातायात संचालन तथा यात्रु व्यवस्थापन भए नभएको र स्वास्थ्य सुरक्षाको मापदण्ड कडाईका साथ पालन भएन नभएको बारेमा अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top