होमपेज / समाज
सरिता चलाउने असोज २७, सल्यान
जिल्ला अदालत सल्यानका न्यायाधिश कुल प्रसाद पाण्डेले वास्तविक पिडितसम्म न्याय पुग्न नसेकेको बताएका छन्।
मंगलबार सल्यानको खलंगामा मिडियासँग सहकार्यका लागि न्यायमा पहुँच परियोजना सम्बन्धि अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले गरिबि, अशिक्षा र चेतनाको कमिका कारण वास्कतवि अपराधका घटनाहरु बाहिर आउन नसकेको बताए ।
सबिंधानमा कानुनको व्यवस्था भएपनि कानुन कार्यन्वयन गर्ने निकाय कमजोर भएकाले वास्तविक घटनाहरु बाहिर आउन नसकेको उनले जिकिर गरे । पछिल्लो समय समाजमा बालविवाह, बहुविवाह, सम्बन्ध बिच्छेद र बलात्कारका घटना बढदै गएका बेला न्याय दिने निकायको अनुसन्धानमा कमजोर देखिएकाले पिडितहरुले दुःख पाएको बताए।
यस्ता घटनामा गहिरीएर अनुसन्धान हुनु पर्नेमा त्यसो हुन नसकेकाले झन हिंसा बढन सक्ने उनको भनाई छ । समाजमा हुने बिभिन्न घटना मध्य मानब बेचबिखिन पनि गम्भिर अपराधको रुपमा रहेको बताए । उनले भने बेरोजगार र गरिबिको मुख्य कारणले मानव बेचबिखन रहेको छ ।
युएन डिपि को सहयोग तथा दलित विकास समाज सल्यानको आयाजनामा भएको कार्यक्रममा न्यायाधिश कुल प्रसाद पाण्डेले महिला बिरुद्धको अपराध, कानुनी व्यवस्था, बालविवाह, बहुविवाह, जबरजस्ती करणी र समाजमा हुने बिभिन्न खाले हिंसाको बारेमा जानकारी गराएका थिए ।
स्थानिय स्तरमा हुने घटनालाई बाहिर ल्याउने र उनिहरुलाई न्याय दिने उदेश्यले संचालन भएको यो कार्यक्रम जिल्लाका २ स्थानिय तह कपुरकोट गाउँपालीका र त्रिबेणी गाउँपालिकामा लागु भएको छ ।





.jpg)