ट्रेण्डिङ

होमपेज / समाज

प्रजातन्त्र दिवसमा सल्यानमा ३ कैदीको कैद मिनाह

  सरिता चलाउने २०७६ फाल्गुण ७ गते बुधबार १६:४५:०१ मा प्रकाशित

सरिता चलाउने फागुन ७, सल्यान 
    प्रजातन्त्र दिवसको अबसरमा सल्यानमा ३ जना कैदीको कैद मिनाह गरिएको छ । कारागारमा ५० प्रतिशत कैद भुक्तान गरेका कैदिलाई दिवसको अबसर पारेर मिनाह गरिएको हो । 
कारागार रहदा अनुशासन,असल आचरण तथा व्यवहार राम्रो गरेका ३ जना कैदीहरुलाई कैद सजाय माफि भएको जिल्ला कारागार सल्यानले जनाएको छ ।
कर्तब्य ज्यानका आरोपी १,सवारी ज्यानका आरोपी १ जना र ज्यानमार्ने उद्योगका १ जना गरी तिनजना कैदीको कैद मिनाहा गरिएको कारागारका जेलर बल बहादुर केसीले बताए । 
 कैद मुक्तहुनेहरुमा कर्तब्य ज्यानका बागचौर नगरपालीका वडा नम्बर ४ का गणेश सुनार, शारदा नगरपालीका ६ का हस्त बहादुर बिष्ट र गौमती रोका रहेका छन्। उनिहरुको असल चालचलन भएका, तोकिएको शर्त पुरा गरेका, कम्तीमा ५० प्रतिशत भन्दा माथी कैद भुक्तान गरेका कैदीलाई कारागार मुक्तगरिएको केसीले बताए ।
संबिधानको धारा २ सय ७६ अनुसार बिभिन्न कारणले कैद भुक्तान गरिरहेका कैदिहरुको चालचलनका आधारमा बाँकी कैद माफिदिने व्यवस्था गरिएको छ ।
सरकारले हरेक बर्ष बडा दशैँ, प्रजातन्त्र दिवस, गणतन्त्र दिवस, र सबिंधान दिवस पारी कैदीहरुलाई कैद मुक्त गर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top