होमपेज / समाज
इन्द्र बुढाथोकी २३ असोज , सल्यान
देवस्थल चौरजहारी सडक खण्ड अन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडान ५ नाथेखोलामा निर्माणाधीन पक्की पुल सम्पन्न भएको छ ।
२०७३ साल साउनमा सम्झौता गरि २०७४ साल पौष मसान्तसम्म काम सम्पन्न गर्ने भनी सडक डिभिजन कार्यालय दाङ मार्फत जिम्मेवारी पाएको हरिहरी गजुरमुखी जेभिले जग्गा मुआब्जा विवादका कारण मुद्दै मुदा विवादले ४ वर्षामा सम्पन्न गरेको छ । काम सुरु भएको ६ महिनामा ५० प्रतिशत पुल निर्माणको काम गरेको निर्माण कम्पनीले बाँकी ५० प्रतिशत काम साढे ३ वर्षामा सम्पन्न गरेको छ । काम सुरु भएको ६ महिना देखि पुल निर्माण कार्यको निम्ति जग्गाको मुआव्जा विवाद सुरु भएपछि काम स्थगित हुँदै सुरु हुँदै स्थगित हुदै सुरु हुँदै गर्दा ४ वर्ष पछि पुलको कामले पुर्णता पाएको छ ।
करिव ४ करोड ७५ लाख लागतमा करसहित ठेक्का सम्झौता भएको थियो । जग्गा विवादले गर्दा समयमा नै पुल निर्माण कार्य पुरा गर्न नसकेको ठेकेदार हरि वहादुर रावतको दुखेसो छ । जग्गाको बाली उब्जनी भदै ८० हजार समेत दिइ सकेका छन । तर जग्गा विवादका कारण आफूले ठुलो क्षेती व्यहोर्नु परेको बताएका छन । पुल निर्माणका सामान हराउनुका साथै लाखौंको सामान नस्ट भएको र एक जना काम गर्ने कर्माचारी समेत खोलाले बगाउदा उनको अहिले सम्म लास समेत भेटिएको छैन
। काम सम्पन्न गरे पनि पैसा भुक्तानी पाउनेमा अझै मुद्दाले गर्दा समस्या हुन्छ कि भनेर थप अर्को चिन्ताले सताएको समेत रावतले बताएका छन । जग्गा मुआव्जाको लागि सरकारी दररेट अनुसार आएको ४६ हजार ५ सय जग्गा धनिले नबुझे पछि झन विवाद मच्चिएको छ ।
अहिले प्रहरी प्रशासनको सहयोगमा पुल निर्माण कार्य सम्पन्न भएको छ । पिडित परिवार भने क्षतीपूर्तीको माग गर्दै प्रहरी प्रशासन देखी अदालत सम्म धाउन थालेको छ । पीडित परिवारले अहिले उच्च अदालत सुर्खेतमा जिल्ला प्रशासन कार्यालय सल्यान, सडक डिभिजन कार्यालय दाङ, बनगाड कुपिण्डे नगरपालिका तथा नगर प्रमुख र निर्माण कम्पनीलाई बिपक्षी बनाएर मुद्दा हालेका छन ।
पुल नहुदा नागरिकले सास्ती व्यहोर्नु परेको थियोे । भदौको पहिलो हप्ता आएको वाढीमा परि पुल निर्माण कार्यमा संलग्न १ जना अझै वेपता रहेका छन् ।





.jpg)