ट्रेण्डिङ

होमपेज / समाज

चाडपर्व नजिकिएसँगै सल्लीबजारमा बजार अनुगमन

  इन्द्र बुढाथोकी २०७७ आश्विन २१ गते बुधबार १७:५४:३७ मा प्रकाशित

इन्द्र बुढाथोकी २१ असोज । 
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले बजार अनुगमन गरेको छ ।

नगर उप प्रमुख मन्जु यरी संयोजक रहेको अनुगमन टोलीले  सल्लीबजार अनुगमन गरेको छ । अनुगमन क्रममा  म्याद गुज्रिएका बस्तु, मुल्य , सूचिकृत नभएका, व्यवसाय दर्ता तथा नविकरण नगरेका, साइन बोर्ड नराखेका र कोरोना सम्बन्धि सचेत सम्बन्धि दुरि कायम गरे नगरेको पाइएको छ  ।

नगरपालिकाको मुख्य व्यापारी केन्द्र सल्लीबजारमा आज अनुगमन गरिएको छ भने नगरपालिका भित्र रहेका सबै बजारहरु अनुगमन गरिने उप प्रमुख तथा बजार अनुगमन समिति संयोजक मन्जु यरीले बताइन । बजार अनुगमनको क्रमा अधिकासं पसलहरुमा मुल्य सुची नराखेको पाएको छ भने केही ठाउँम म्याद गुजरेका बस्तु तथा पसल दर्ता नगरेको समेत पाएको छ ।

कोरोनाका कारण बजारमा मुल्य वृद्धि भएको तथा कालोबजारी भएको अवस्था बजार अनुगमनलाई तीब्रता दिएको छ । दर्ता नगरेका पसलहरुलाइ दर्ता गर्न र करको दाइरामा आउन समेत सबैलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top