ट्रेण्डिङ

होमपेज / समाज

शैक्षिक सुधार गर्ने चार विद्यालय पुरुस्कृत

  सरिता चलाउने २०७६ फाल्गुण ७ गते बुधबार १०:३१:०१ मा प्रकाशित

सरिता चलाउने फागुन ७, सल्यान 
सल्यानको त्रिवेणी गाउँपालिकाले शैक्षिक सुधार गर्ने चार विद्यालयलाई प्रोत्साहन स्वरुप पुरुस्कृत गरेको छ । शैक्षिक गुणस्तरमा वृद्धि ल्याएका विद्यालयबाट छनौट गरी चार विद्यालयलाई पुरुस्कृत गरिएको गाउँपालिकाले जनाएको छ । शैक्षिक उपलब्धिमा सुधार गर्ने श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय त्रिवेणी ४ रेख, श्री पशुपती आधारभुत विद्यालय त्रिवेणी ६ भुम्केज्युला, श्री सरस्वती आधारभुत विद्यालय ठुलाचौर र श्री पञ्चकन्या आधारभुत विद्यालय त्रिवेणी २ राजागिठीलाई पुरुस्कृत गरिएको छ । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई २२ हजार ५ सय , पशुपती आधारभुत विद्यालय र  श्री सरस्वती आधारभुत विद्यालयलाई १७ हजार ५ सय र श्री पञ्चकन्या आधारभुत विद्यालयलाई १२ हजार ५ सय नगदर पुरुस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ । 
शैक्षिक सुधार गर्ने विद्यालयलाई प्रत्येक वर्ष झै यस वर्ष पनि पुरुस्कृत गरिएको गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताए । 
शैक्षिक गुणस्तर सुधार गर्न यस प्रकारका प्रोत्साहन मुलक कार्यक्रमले शिक्षक अभिभावकमा झनै उत्साह आउने श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक गोर्वधन रेउलेले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top